सरकारी अधिकारी, मन्त्री, न्यायाधीश तथा नेताहरुको तस्वीर राखिएको मन्दिर जहाँ नेता छिर्न पाउँदैनन्

सहयात्रा टिभी

एजेन्सी । पुष–१०, भारतको उत्तर प्रदेशमा रहेको एक मन्दिरमा भ्रष्टचारी व्यक्तिका साथै कुनै पनि नेता, मन्त्री तथा सरकारी कर्मचारीहरु प्रवेश गर्न पाउँदैनन् । कानपुर विश्वविद्यालयको पछाडिपट्टि रहेको भ्रष्टतन्त्र विनाशक शनि मन्दिरमा भ्रष्टचारी व्यक्तिका साथसाथै मन्त्री तथा सरकारी अधिकारीहरुलाई पनि प्रवेश निशेध छ ।

मन्दिरमा शनि देवताका तिनवटा मूर्तिका साथै ब्रम्हाका मुर्ति पनि राखिएको छ । साथै हनुमानको पनि मुर्ति त्यहाँ छ । उक्त मन्दिरमा विभिन्न सरकारी अधिकारी, मन्त्री, न्यायाधीश तथा नेताहरुको तस्वीर राखिएको छ । शनिदेवताले ती मानिसहरुमाथि निगरानी गरुन् भन्नका लागि त्यसो गरिएको हो ।

उक्त मन्दिरमा अहिले भ्रष्टाचारी तथा नेताहरुलाई प्रवेशमा निषेध गरिएको भएपनि २० वर्षपछि यदि अवस्थामा सुधार आएमा अहिले वर्जित गरिएका ती मानिसहरुलाई पनि छिर्न दिइने नियम रहेको छ ।

उक्त मन्दिरमा तेल चढाउनु र घण्टी बजाउन निषेध छ । त्यहाँ केवल माटोको दियोमा बत्ति जलाइन्छ ।

प्रकाशित : 25 December, 2018

प्रतिक्रिया दिनुहोस्