हात्तिको दिसाबाट बनाइन्छ विश्वकै महंगो कफि

एजेन्सी । पुष–११, विश्वको सबैभन्दा महङगो कफि ब्ल्याक आइभोरी ब्लेन्ड निकै घिनलाग्दो तरिकाबाट बन्ने गर्छ । उत्तरी थाइल्यान्डमा बन्ने उक्त कफि हात्तिको दिसामा मिसिएका बिउहरुबाट बनाइने गरिन्छ ।
यो कफि बनाउनको लागी पहिले हात्तिलाई काँचो कफि खुवाइन्छ । एक केजी कफि निर्माण गर्नका लागी करिब ३३ किलो काँचो कफि हात्तिलाई खुवाउनु पर्ने हुन्छ । हात्तिले उक्त कफि पचाएपनि दिसा बन्छ । हात्तिले गरेको दिसाबाट कफिको बिउ निकाल्ने काम प्रशिक्षण प्राप्त व्यत्तिबाट गरिन्छ । विउ छानेपछि त्यसलाई घाममा सुकाइ पिसेर धुलो कफि बनाउने गरिन्छ ।
यो कफि कडा नभएर नरम हुनुको साथै हात्तिले खाने फलफुलको बासना समेत कफिमा प्राप्त गर्न सक्छि । यति मेहनेत गरेर तयार गरिएको कफिको मुल्य प्रतिकिलो करिब एक लाख पर्ने गर्छ ।