‘हिल्ड’ मनिषा कोइराला : असफल बिहे, अनेक अफेयर !

सहयात्रा टिभी

काठमाण्डौं । पुष–११, नेपाली प्रजातान्त्रिक आन्दोलनका नेता विश्वेश्वरप्रसाद कोइरालाको नामसँग जोडिन्छ, अभिनेत्री मनिषा कोइरालाको नाम । किनभने, उनी साख्खे नातिनी हुन् । भारतको स्वतन्त्रता आन्दोलनमा विपीको भुमिका पनि रहेका कारण बलिउडले उनलाई सहजै स्वीकारेको थियो ।

एक अर्थमा बलिउड छिरेर ९० को दशकमा राम्रा भन्दा राम्रा व्यानर र अभिनेतासँग उनले काम गरिन् । तर, व्यक्तिगत सम्बन्धका चर्चा र गसिपबाट बाहिर निस्कन सकेकी थिइनन् । यद्यपि नेपाली व्यापारी भनिएका सम्राट दहालसँग उनको ९ बर्ष अघि धुमधामका साथ काठमाडौंमा बिहे भएको थियो । तर, उक्त सम्बन्ध लामो समय टिकेन, गुपचुप रूपमा उनीहरू अलग भए ।

मनिषाले धेरै अन्तरवार्ताहरूमा भनेकी छन्, वैवाहिक जीवनमा बाँधिनु नै जीवनको ठूलो भुल थियो ।’ मनिषाको दाम्पत्य जीवन सहज नहुनुको पछाडीको कारण पनि शारिरीक सम्बन्धको असन्तुष्टी नै थियो भन्ने चर्चा चल्यो । तर, त्यसपछिको जीवनमा उनले ठूलो प्रलयको सामना गरेपछि तंग्रिइन् । उनलाई पाठेघरको क्यान्सर भएको थियो । अमेरिकामा ५ बर्ष निरन्तर फलोअप चेकअप र शल्यक्रियापछि उनी अहिले सक्रिय छिन् ।

क्यान्सरसँग लड्दा र त्यसपछिको जीवनप्रति उनी खुसी छिन् । त्यसैको अनुभवका आधारमा उनको पुुस्तक आयो– हिल्ड ! यसले उत्तरार्धको जीवनलाई सुखद सुरुआत गराउन थाले पनि मनिषाले बलिउडमा काम गरुञ्जेल विभिन्न अभिनेतासँगको सम्बन्धको भारी बोक्न परेकै थियो । केहीसँग त उनको घनिष्ठ सम्बन्ध रहेको चर्चा जताततै चलेको थियो ।

केही सम्बन्धबारे यहाँ चर्चा गरौं ।

–नेपाली फिल्म फेरि भेटौंलामा अभिनय गरेर बलिउड यात्रा थालेकी मनिषाले ठूलो डेब्यु पाइन । चल्तीका अभिनेता दिलिप कुमार र राजकुुमारसहितको फिल्म सौदागरमा उनको जोडी विवेक मुश्रानसँग थियो । अनस्क्रिन रोमान्स गरेकी उनलाई मुश्रानसँगको व्यक्तिगत अफेयरमा रहेको चर्चा भारतीय मिडियाले गरेका थिए ।

–मुश्रानसँगको सम्बन्ध टुटेपछि मनिषाको पिरतीको गाँठो तत्कालिन अस्ट्रेलियन राजदूत क्रिप्सिन कोनेरीसँग थियो । यसको पुष्टी उनीहरू दुईजनाबीच सन् २००२ मा भएको इन्गेजमेन्टले पुष्टी गरेको थियो । मनिषा उनीसँग लामो सम्बन्धमा रहन सकिनन् ।

–अग्नी साक्षी, खामोसी जस्ता फिल्ममा नाना पाटेकरसँग अभिनय गरेकी मनिषा व्यक्तिगत सम्बन्धको चर्चामा पनि जोडिइन् । तर विवाही पाटेकरसँग उनको व्यक्तिगत सम्बन्धको चर्चा चल्यो, सम्बन्ध कायम रहन सकेन । त्यसपछि मनिषाको नाम हुशेनसँग जोडियो । उनीहरूको रहस्यमय सम्बन्ध पनि लामो समय चलेन ।

–सन् २००३ मा लन्डन गएकी मनिषा त्यही नै नाइजेरियन व्यापारी सेसिलसँग नजिकिइन् । उनलाई भेट्नकै लागि मनिषा लन्डन पुग्थिन् । त्यसपछि मनिषा अर्यान भाइदसँग जोडिन आइपुगिन् । त्यस्तै प्रशान्तसँग पनि उनको नाम जोडियो ।

–त्यसो त सन् २००७ मा उनको संगितकारसन्दीप चोट्वासँग अफेयर रहेको पनि चर्चा थियो । त्यसपछि उनी लेखक तथा खेल परामर्शदाता क्रिष्टोफरसँग रोमान्स गर्न आइपुगिन् । यी कुनै पनि सम्बन्धमा उनी स्थिर रहिनन् या परिस्थितिले स्थिर हुन दिएन ।

जब क्यान्सरसँग लडिन्

बिहे भएको दुुई वर्षमा उनलाई क्यान्सर भयो । जब क्यान्सरसँग लडेकी थिइन्, उनले हिम्मत हारिनन् । उनले कतिपय अन्तरवार्ता र पुस्तकमा पनि भनेकी छन्, ‘आत्मविश्वास र सकारात्मक सोचले मलाई क्यान्सरसँग जित्न सफल बनायो ।’

उनी रोगसँग लड्दाका अनेक अनुभवमा रुमल्लिएको संस्मरण पुस्तकमा उतार्दा पटक–पटक रोइन् । उनले अन्तरवार्ताहरूमा भनेकी छन्, ‘किताब लेख्दा धेरै पटक रोएँ । एक समयपछि दुःखको कुरा कति गर्ने भन्ने जस्तो लाग्दो रहेछ । यद्यपि, नीलम (सहलेखक) र म मिलेर किताबलाई प्रकाशन योग्य बनायौँ । अहिले त किताबको प्रतिक्रिया जान्न उत्सुक छु । पढेका मान्छेलाई किताब कस्तो लाग्यो भन्ने सोधेर हैरान पार्ने गरेकी छु ।’

(स्रोत सामग्री : विभिन्न मिडियाका डिजिटल अर्काइबबाट)

प्रकाशित : 26 December, 2018

प्रतिक्रिया दिनुहोस्