कालिकोट अग्निपिडितका लागी आरआर क्याम्पसका विद्यार्थीद्धारा चन्दा संकलन

सहयात्रा टिभी

काठमाण्डौं । पुष–११, कालिकोट अग्निपिडितहरुका लागी रत्न रात्यलक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन र पिडित कालिकोटबासि आरआरका विद्यार्थीहरुको संयुक्त पहलमा चन्दा संकलन गरिएको छ । कालिकोट जिल्लाको पलाँता गाउँपालिका–१ खाडामा आइतबार भएको आगलागीमा पिडित परिवारको सहयोगका निम्ति बुधबार विहान आरआर क्याम्पसका विहनी शत्रका विद्यार्थी, कर्मचारी र प्रध्यापकहरुबाट चन्दा संकलन गरिएको हो ।

चन्दा संकलन कार्यक्रम मार्फत क्याम्पसबाट ४० हजार ८ सय ९० रुपयाँ संकलन भएको पिडित तथा आरआरका विद्यार्थी प्रामेद न्यौपानेले जानकारी गराए । चन्दा संकलन कार्यक्रम भोली पनि आरआर क्याम्पस, नेपाल ल क्याम्पस लगायतमा जारी रहने आरआर स्ववियुद्धारा जानकारी पाइएको छ ।

आइतबार राति लागेको आगोले ८७ वटा घर पुरै जलेर नष्ट बनाएपछि हाल खाडागाउँका बासिन्दा शोकमा डुबेका छन् । कुनै मानविय क्षति नभए पनि ठूलो मात्रामा धनराशि , खाद्यन्न, पशुचौपाय, लत्ताकपडालगायतको क्षति पुरै गाउँले बेहोर्नु परेको छ । आगलागीमा झण्डै ३ करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीबाट ठूलो शोकमा डुबेको खाडा गाउँ हाल सर्वत्र चासोको विषय बनिरहेको छ भने राहतका निम्ति चन्दा संकलन कार्य पनि भइरहेको पाइएको छ ।

यसै विषयमा राष्ट्रपतिको कार्यायलबाट समेत विज्ञप्ति जारी भएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीले समेत घटनाप्रति टुवीटरमा टुवीट् गर्दै दुख व्यक्त गरेकी छन् ।

प्रकाशित : 26 December, 2018

प्रतिक्रिया दिनुहोस्