आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । पुष–१२,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समय अनुकुल रहनेछ । भौतिक साधन जुटाउन सकिनेछ । अध्ययनमा राम्रो नतिजा हात लाग्नेछ । नयाँ साथी बनाउन सकिएला । विवादास्पद झमेलामा पर्न सकिएला, बोलिबचनमा ध्यान दिनुहोला । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला, चोटपटक लाग्न सक्नेछ सम्भावना छ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभचिन्तकहरुको साथ र सहयोगले चिताएको काम बन्नेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला । मनमा अनेक किसिमका भावनाहरु पैदा हुनाले वेचैन हुन सक्छ । प्रेम सम्बन्धमा सोचेभन्दा राम्रो परिस्थिति आउनेछ । अध्ययनमा समय दिन नसकिएला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
बुद्धिले काममा सफलता हात पार्न सकिनेछ । अरुको बहकाउमा नलाग्नुहोला । गोपनियतामा ख्याल राख्नुहोला । आफ्नाहरुबाट नै धोका हुन सक्छ । व्यवसायीक यात्राको अवसर जुट्नेछ । आम्दानिमा वृद्धि हुनेछ । दाम्पत्य जीवन सुखमय रहला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थिति केहि असहज रहेपनि हानि भने नहोला । गलत आक्षेपले मन खिन्न बनाउन सक्छ । प्रेम प्रस्ताव आउन सक्ने सम्भावना प्रवल छ भने आफुले राखेको प्रस्ताव स्वीकृत हुन सक्नेछ । आफन्तबाट भने केहि टाढिनु पर्ने अवस्था आउला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
रोकिएका काम पुन दोहो¥याएर गर्दा फाइदा हुनेछ । लामो समय पछि पुराना साथीहरुसँग भेट हुनेछ । मिष्ठान्न भोजनको योग छ । सामाजिक काममा समय दिनु पर्दा आफ्नो काम नभ्याइएला । सोचेको काम पुरा हुनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बुद्धिको उपयोगले काम बन्नेछ। परिवारको साथ र सहयोगले चिताएको काम बन्नेछ । नयाँ साथी बनाउन सकिएला । रमाइलो यात्राको अवसर छ । वैदेशिक क्षेत्रबाट आम्दानि हुनेछ । अध्ययनमा मन नजाला ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरूका लागि जुट्नुपरे पनि आफ्नै भाग्योन्नति हुनेछ। अनुभव देखाएर उपलब्धि हातपार्ने समय छ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। मायाप्रेममा पर्न सकिएला ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
केही झमेला आउन सक्छन्। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। तापनि चुनौती पार लगाउन सकिनेछ। डाहा गर्नेहरुले काममा बाधा पु¥याउन खोजेपनि आफ्नो मेहनेतले जित्नेछ । दाजुभाईविचको सम्बन्ध मजबुत बन्नेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुरुमा प्रियजनसँग भेटघाट हुनाले रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। आतिथ्यपूर्ण सम्मान प्राप्त भए पनि खर्चको मात्रा भने बढ्नेछ। व्यवसायमा राम्रै फाइदा हुनेछ। गलत व्यक्तिको संगत गर्न पुग्दा फसिएला । विवादास्पद परिस्थितिबाट टाढा रहेकै वेस हुनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिस्पर्धीहरूले दुस्ख दिए पनि कर्मयोगले फाइदा दिलाउनेछ। खर्च लागे पनि मिहिनेतले विशेष अवसर हात पार्न सकिनेछ। चिताएको काम बन्नाले जोश–जाँगर बढ्नेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आँटले चिताएको काम सम्पादन हुनेछ। अध्ययनतर्फ मिहिनेतको उपलब्धि प्राप्त हुनेछ। तापनि प्रतिस्पर्धीहरूले केही दुस्ख दिन सक्छन्। रोकिएका काम दिहोर्याएर प्रयत्न गर्नुपर्ला। मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सकिनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
केही चुनौती देखापरे पनि आफन्तको साथ प्राप्त हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। तापनि प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। कृषि तथा पशुपालनमा फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ ।

प्रकाशित : 27 December, 2018

प्रतिक्रिया दिनुहोस्