बच्चा गोरो जन्मिए मृत्युदण्ड पाउँने अनौठो ठाउँ

एजेन्सी । पुष–१५, समाजमा गोरो छाला भएको मानिसलाई सुन्दर मानिन्छ । बच्चा गोरो जन्मियो भने सबै मानिसहरु खुसी हुने प्रचलन जताततै सुनिन्छ ।
भारतको एक टापुमा बच्चा जति कालो जन्मियो उति राम्रो मान्ने गरेको पाइएको छ । भर्खरै जन्मिएको बच्चा कालो नभएर गोरो भयो भने त्यसलाई मृत्युदण्ड दिने गरिन्छ ।
यदि बच्चा कालो भएन भने त्यो उनीहरुको समुदायमा घुलमिल गर्न सक्दैन भन्ने मान्यता हुन्छ । जन्मिने बच्चाको रङ कालो होस् भन्नका लागि गर्भवती महिलालाई जनावरको रगत खुवाइन्छ ।
यदि गोरो बच्चा जन्मिएमा त्यस्तो बच्चालाई बाँच्ने हक हुँदैन । नवजात शिशुलाई समुदायका मानिसहरुले आमाबाट छिनेर लग्छन् र मारेर गाड्दछन् ।एजेन्सी