तेस्रो कार्यकालमा पनि शेख हसिना प्रधानमन्त्री

सहयात्रा टिभी

एजेन्सी । पुष–१६, बंगलादेशको प्रधानमन्त्रीमा फेरि पनि शेख हसिना विजयी भएकी छन् ।

आइतबार सम्पन्न निर्वाचनबाट हसिना लगातार तेस्रो कार्यकालका लागि विजयी भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । संसदको ३५० मध्ये हसिनाको पार्टी अवामी लीगले २८१ सिटमा जितेको छ भने विपक्षी दल सात सिटमा मात्र विजयी भएको छ ।

तर, निर्वाचनमा धाँधली भएको भन्दै विपक्षी दलहरुले निर्वाचन परिणाम अस्वीकार गर्दै पुनः मतदानको माग गरेका छन् ।

चुनावका क्रममा आइतबार भएको हिंसात्मक झडपमा १७ जनाको मृत्यु समेत भइसकेको छ ।

प्रकाशित : 31 December, 2018

प्रतिक्रिया दिनुहोस्