६५ वर्षकी महिलाले जन्माइन बच्चा, लोग्नेको उमेर ८०

एजेन्सी । पुष–१६, भारतमा एकजना महिलाले ६५ वर्षको उमेरमा बच्चा जन्माएकी छन् । भारत प्रशासित जम्मु काश्मिरमा बस्ने एकजना महिलाले ६५ वर्षको उमेरमा बच्चा जन्माएकी हुन् । उनको लोग्नेको उमेर भने ८० वर्ष रहेको बताइएको छ ।
उनको पहिलो सन्तान १० वर्षको रहेको बताइएको छ । ८० वर्षमा बाउ बन्ने ती महिलाका लोग्नेको नाम हाकिम दिन हो ।
८० वर्षको उमेरमा बाउ बनेका हाकिमले वृद्धावस्थामा जन्मिएकी छोरी अल्लाहको अमूल्य उपहार भएको बताएका छन् ।योसँगै ती महिला प्राकृतिक गर्भाधानबाट विश्वमै सबैभन्दा पाको उमेरमा आमा बन्ने महिला बनेकी छिन् ।
आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।एजेन्सी