२०१९ भित्र आफ्नो स्वयम्बर हुने कोमल ओलीको घोषणा

सहयात्रा टिभी

काठमाण्डौं । पुष–१७, लोकप्रिय गायीका तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले आफ्नो यही सन् २०१९ भित्रै स्वयम्बर हुने खुलासा गरेकी छिन् ।आज काठमाण्डौंंमा गुरु मञ्जरी गु्रपद्धारा सञ्चालित ‘माइस्वयम्वर डटकम’को उद्घाट्न गर्दै उनले जिस्किएको शैलिमा आफ्नो पनि यहि वर्ष स्वयम्वर हुने बताएकी हुन् ।

उनले भनिन्, ‘स्वयम्बरको खोजीमा रहेकी मान्छेले नै माइस्वयम्बर डटकम सार्वजनिक गर्नुपरेको छ, यही वर्षभित्र मेरो स्वयम्बर हुन्छ कि क्या हो रु २०१९ को पहिलो दिनमा माइस्वयम्बर डटकमको उद्घाटन गरेकी छु, यो साल वर भेटिने छ । मेरो पनि यही साल स्वयम्बर हुन्छ ।’

आज टोपी दिवस परेको सुनाउँदै उनले आफ्नो संस्कारलाई बचाईराख्नको लागि सबैले प्रयास थाल्नुपर्ने बताईन् । उनले भनिन्,‘हिन्दू धर्मको मान्यताअनुसार जोडिएका सम्बन्धहरु सहजै टुट्न गाह्रो हुन्छ, यज्ञ र मण्डपमा अग्निसामु हिन्दू कर्मकाण्डबाट विवाह गरिन्छ, आजकै दिन माइस्वयम्बर डटकम उद्घाटन गर्नुपर्यो ।’

प्रकाशित : 1 January, 2019

प्रतिक्रिया दिनुहोस्