नेपाली उमा कुङफु टोलीलाई छ स्वर्ण

सहयात्रा टिभी

काठमाण्डौं । पुष–१८, सातौं विश्व कुङफु च्याम्पियनसिपमा नेपाली उमा कुङफु टोलीले ६ स्वर्ण पदक जितेको छ। थाइल्यान्डको फुकेटमा डिसेम्बर २९ देखि ३१ तरिखसम्म भएको प्रतियोगितामा नेपालले ६ स्वर्ण र पाँच रजत पनि जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी दिए।

पुरुष थाउलुमा आयुब घिमिरे, पुरुष सान्डा ५५ केजीमा सुनबहादुर तामाङ, पुरुष सान्डा ७० केजीमा आर्योन राई, महिला थाउलुको सर्ट वेपनमा सियाङ तामाङ, महिला थाउलुमा सौन्दर्य गुरुङ र पुरुष मंकी थाउलुमा कमल मगरले नेपाललाई स्वर्ण दिलाएका हुन्।

सियाङले बेयर ह्यान्ड, सौन्दर्यले सान्सौं तथा कमलले थाउलो र सान्डा बक्सिङ पनि रजत जितेका छन्। बाँकी एक रजत पुरुष सान्डा ५५ केजीमा चिराग पौडेलले हात पारे। प्रतियोगितामा १२ राष्ट्रका करिब २५० खेलाडीको सहभागिता रहेको उमा कुङफु संघले जनाएको छ। रासस

प्रकाशित : 2 January, 2019

प्रतिक्रिया दिनुहोस्