बाँदरमाथि यौन दुर्व्यवहार गर्ने महिलालाई ३ वर्षको जेल सजाय
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सी । पुष–१८, अफ्रिकी मुलुक इजिप्टमा एकजना युवतीले बाँदरमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । र, यौन दुर्व्यवहारको अभियोगमा ती २५ वर्षीया युवतीले ३ वर्षको जेल सजाय पाएकी छिन् ।
इजिप्टको मनसोरा सहरस्थित अदालतले बासमा अहमद नामकी युवतीलाई बाँदरमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा सजाय सुनाएको हो । ती युवतीले बाँदरसँग सार्वजनिक स्थलमा आपत्तिजनक कार्य गरेको ठहर अदालतले गरेको छ ।
ती युवतीले बाँदरमाथि गरेको आपत्तिजनक क्रियाकलापको ९० सेकेण्डको भिडियो इन्टरनेटमा भाइरल बनेसँगै गत अक्टोबरमा उनलाई पक्राउ गरिएको थियो ।
उक्त भिडियोमा ती युवतीले बाँदरको यौनांग चलाउँदै हाँस्दै गरेको देखिएको थियो ।
अदालतले ती महिलाले आफ्नो कसूर स्विकार गरेको भएपनि आफ्नो नियत बाँदरलाई यौन दुर्व्यवहार गर्ने नभएको भनी बताएको जनाएको छ ।