स्पेनिस ला लिगा : बार्सिलोनाद्धारा गेटाफे २–१ ले पराजित

एजेन्सी । पुष–२३, स्पेनिस ला लिगाको शीर्ष टोली बार्सिलोनाले गेटाफेलाई २–१ गोलले हराएको छ । गेटाफेको घरेलु मैदानमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा सबै गोल पहिलो हाफमा सम्भव भएको थियो ।
खेलमा मेस्सीले २०औं मिनेटमा गोल गर्दै बार्सिलोनाको उत्साह बढाए । ३९औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि बार्सिलोना खेलमा २–० ले अघि बढेको थियो । ४३औं मिनेटमा जेमी माटाले गोल गर्दै घरेलु टोलीलाई २–१ को अन्तरमा झारे पनि टोलीलाई हारबाट जोगाउन सकेन् ।
यस जितसँगै लिगमा १८ खेल सकेको बार्सिलेनाले ४० अंक बनाएको छ । बार्सिलेना दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा पाँच अंकले अगाडी छ । समान खेल सकेको एट्लेटिको ३५ अंक छ । २५ अंक बनाएको गेटाफे सातौं स्थानमा छ ।