केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा रगत अभाव

सहयात्रा टिभी

बेत्रावती । पुष–२४, नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा रगत अभाव भएको छ। नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा जिल्ला अस्पतालमा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले जानकारी दिइन्।

‘शल्यक्रिया गरिएका सुत्केरीका लागि पनि आफन्तले नै रगत खोज्नुपर्ने बाध्यता छ’,उनले भनिन्। श्रेष्ठका अनुसार जिल्ला अस्पतालमा सामान्यतया दैनिक १० जनासम्म सुत्केरी हुने गर्छन्। अधिकांशको शल्यक्रिया गरी बच्चा जन्माउने गरिएको डा।मधुकर दाहालले बताए। ‘सुत्केरीको अवस्था गम्भीर भएपछि शल्यक्रिया गर्न हतारिनु पर्छ, रगत अभावले झन समस्या हुन्छ’, उनले भने।

सुत्केरी गराउन आउनेलाई पहिला नै रगतको जोहो गर्न आग्रह गर्ने गरिएको डा। दाहालले बताए। दुर्घटनाका घाइतेलाई उपचार गर्न सँधै रगत अभाव हुने गरेको छ । जिल्ला अस्पतालमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले रक्तसञ्चार केन्द्र सञ्चालन गरेको छ ।

केन्द्रले आवश्यक रगत रक्तदान कार्यक्रम तथा दातालाई सम्पर्क गरी सङ्कलन गर्दै आए पनि पछिल्लो समय रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको हो । केन्द्रका प्रमुख श्रेष्ठका अनुसार हरेक महिना कुन संस्थाले रक्तदान गर्ने, कुन समूहको रगत कुन दाताबाट सङ्कलन गर्ने भनेर तालिका बनाए पनि त्यो कार्यान्वयन नहुँदा रगत अभाव भएको हो ।

केन्द्रसँग भएका एक हजारभन्दा बढी रक्तदाताको सम्पर्क विवरणबाट रगत सङ्कलनका लागि सहजीकरण गरिँदै आएको छ । दाताबाट सङ्कलन गरेको रगतलाई रक्तसञ्चार केन्द्रले स्वास्थ्य जाँच तथा परीक्षणका लागि ८०० रुपैयाँ लिई उपलब्ध गराउने गरेको छ । केन्द्रमा अभाव हुँदा यहाँका बिरामीका लागि नेपाली सेनाको श्रीनाथ गण देवीघाटमा कार्यरत सैनिक र जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीबाट रगत सङ्कलन गरिँदै आएको छ।रासस

प्रकाशित : 8 January, 2019

प्रतिक्रिया दिनुहोस्