एफए कप : वुल्भ्ससँग २–१ ले पराजित हुँदै लिभरपुल बाहिरियो

सहयात्रा टिभी

एजेन्सी । पुष–२४, प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुल एफए कपको तेस्रो चरणबाटै बाहिरिएको छ।

गएराती भएको खेलमा लिभरपुललाई प्रिमियर लिगमै अर्को क्लब वल्भरह्याम्प्टन वन्डर्र्स (वुल्भ्स) ले २–१ ले पराजित गरेको हो। जितपछि वुलभ्स चौथो चरणमा प्रवेश गरेको छ।

वुल्भ्सलाई शानदार जित दिलाउन राउल जिमिनेजले ३८औँ र रुवेन नाभासले ५५औँ मिनेटमा गोल गरे। ५१औँ मिनेटमा डिभोक ओरिगीले एक गोल गरेपनि लिभरपुलले हार टार्न सकेन।

प्रकाशित : 8 January, 2019

प्रतिक्रिया दिनुहोस्