छोराको नाम राख्दा पाँच वर्ष जेल सजाय

सहयात्रा टिभी

एजेन्सी । पुष–२४, ब्रिटिस अदालतले एक उग्र दक्षिणपन्थी समूहका सदस्यहरुलाई जेल सजाय सुनाएको छ ।सजाय दिइएका मध्य एक जोडीले आफ्नो छोराको बीचको नाम एडोल्फ हिटलरको नामबाट ‘एडोल्फ’ राखेका थिए ।

बिरमिनघम क्राउन कोर्टका न्यायाधीश मेलबर्न इनम्यानले ती जोडीमध्य एडम थोमसलाई साढे ६ वर्ष जेल सजायँ सुनाए । भने उनकी पोर्तुगाली प्रेमिका क्लाउडिया पाटाटासलाई पाँच वर्ष ।२२ वर्षे थोमस र ३८ वर्षे पटाटास नव–नाजिवादी नेशनल एक्सनको सदस्यताको कारण सजाय पाउने ६ मध्य दुई व्यक्ति हुन् ।

उक्त संगठन सन् २०१६ मा बेलायतको आतंकवादी विरोधी कानुन अन्तर्गत प्रतिबन्धित पहिलो उग्र–दक्षिणपन्थी समुह भएको थियो ।फैसलामा इनम्यानले समुहलाई ‘डरलाग्दो’ उद्देश्य भएको समुह भनेका छन् ।

“नेसनल एक्सन गम्भिर हिंसा र हत्यामार्फत नाजिहरुको जस्तो राज्य स्थापना गरेर यो देशको लोकतन्त्र फाल्न चाहन्छ । यस्तो हिंसा र आम हत्याले समाजको सम्पूर्ण हिस्सालाई निर्मुल गर्छ ,”फैसलाको क्रममा इनम्यानले भने ।

प्रकाशित : 8 January, 2019

प्रतिक्रिया दिनुहोस्