केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजकोे राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । पुष–२५,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
परिस्थिति अनुकुल रहनेछ । विशिष्ठ व्यक्तिसँगको भेटघाटले ठूलो लाभ हात पर्न सक्छ । मित्रता र प्रेमको सम्बन्ध मजबुत बन्दै जानेछ । अध्ययनमा समय दिन नसकिएला । साचेको काम पुरा हुनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। स्वास्थ्यमा भने केहि समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोला । रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला । मन परेको मानिससँग नजिक हुन पाइने छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
अनावश्यक खर्चमा वृद्धि हुने हुँदा आर्थिक समस्याले सताउन सक्छ । सन्ताको खुसीमा सामेल हुन पाइएला । अध्ययनको क्षेत्रमा राम्रो नतिजा हात लाग्नेछ । सोचेका सबै कामहरु सजिलै पुरा हुनेछन् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
प्रेम र मित्रताको बन्धन कसिनेछ। आकस्मिक खर्चमा वृद्धि हुनुको साथै स्वास्थ्यमा समेत कमजोरि देखापर्न सक्छ । आफ्ना हुँ भन्नेहरुबाट नै काममा बाधा उत्पन्न हुन सक्छ । गोपनियतामा विशेष ध्यान दिनुहोला । यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
व्यापारमा फाइदा हुनुका साथै मनग्गे धनलाभ हुनेछ। केही खर्च लागे पनि व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। नयाँ साथी बनाउन सकिनेछ । नयाँ सम्बन्ध गाँसिनेछ । सोचेको काम पुरा हुनेछ । अध्ययनमा मन जानेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ र दिगो फाइदा हुने काममा संलग्न भइनेछ । जिम्मेवारी थपिनुको साथै अवसर र चुनौति दुवैको सामना गर्नुपर्ने हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट राम्रो आम्दानि हुनेछ । सन्तानको प्रगति देख्न पाइनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय अनुकुल रहनेछ । स्वास्थ्यमा भने ख्याल गर्नु पर्ला केहि समस्याले सताउन सक्छ । अध्ययनमा पनि केहि समस्या आउन सक्छ । महिला मित्रहरुको सहयोगले काममा सफलता हात पार्न सकिनेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तबाट टाढिनु पर्ने हुँदा मनमा खिन्नता आउन सक्छ । पुराना मित्रहरुसँग भने भेट हुनेछ । मिष्ठान्न भोजनको योग छ । धार्मिक काममा मन जानेछ । सोचेको काम पुरा हुनेछ । रमाइलो यात्राको अवसर प्राप्त होला ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रभावशाली व्यक्तिलाई समेत प्रतिस्पर्धामा उछिन्न सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। बुद्धिको उपयोगले सजिलै लक्ष्यमा पुगिनेछ। प्रिय व्यक्तिसँगको भेटले मनमा हर्ष छाउनेछ । साथीभाई तथा परिवारको पुरा सहयोग पाइनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले दाम, नाम र इनाम दिलाउन सक्छ। अभिव्यक्ति कलामा निखारता आउनेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
विभिन्न अवसर प्राप्त हुनेछन्। सहयोगीहरूले साथ दिनेछन्। मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। आँटले काम बन्नेछ भने साथ दिनेहरू पनि प्रशस्तै फेला पर्नेछन्। परिवारलाई समय दिन सकिएला । परिवारको आवश्यकता पुरा गर्न सकिनेछ । अध्ययनमा सफलता हात पर्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिस्थिति केही असहज बन्न सक्छ। लाभांशको आधा हिस्सा खर्च गर्नुपर्ला। चिताएको काम रोकिने सम्भावना छ। गोपनियतामा विशेष ध्यान दिनुहोला । साइनो गाँस्न आउनेहरुसँग सतर्क रहनुहोला । प्रेमीप्रेमीकाविचको सम्बन्ध मजबुत बन्दै जानेछ ।

प्रकाशित : 9 January, 2019

प्रतिक्रिया दिनुहोस्