केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अनलाइन डेटिङमा पुरुषभन्दा महिला अघि

सहयात्रा टिभी

काठमाण्डौं । पुष–२६, प्रेम तथा विवाहको सम्बन्धमा हालका युवापुस्ताहरु निकै अघि रहेका छन् । यसमा पनि इन्टरनेटको विकासले निकै सघाएको छ युवाहरुलाई एक अर्कामा अजिकिन र प्रेमसम्बन्ध गाँस्न ।

अहिले हरेक पाँच सम्बन्धमध्ये एक अनलाइनबाट सुरु हुने गरेको एक अध्ययनले देखाएको छ । त्यसैले अहिले विश्वभर अनलाइन डेटिङ एप र यसका प्रयोगकर्ताको संख्या निकै बढेको छ । अमेरिका र युरोपमा त ठूल्ठूला कम्पनी नै स्थापना भएका छन्, जसले महिला पुरुषलाई मिलाउने काम गर्दछन् ।

लैंगिक विभाजनका कारण समाजमा महिला र पुरुष दुवैलाई उत्तिकै समस्या परेको छ । लैंगिक विभाजनको समस्या अनलाइनमा पनि त्यतिकै छ । नेपालजस्तो अल्पविकसित मुलुकमा अनलाइन डेटिङ गर्ने महिलाको कमीका कारण पुरुषले आफूले चाहेजस्तो महिला पाउन सकिरहेका छैनन् भने महिलाले पनि छनोटका लागि धेरै पुरुष पाउने हुँदा छनोटमा अलमलिनुपरेको बताइन्छ ।

यही सन्दर्भमा पछिल्लो १० वर्षमा यो अन्तर बिस्तारै घट्दै गएको छ । अनलाइन डेटिङ एपको प्रयोगकर्ता बन्ने महिलाको संख्या दिन दुई गुणा र रात चौगुणा वृद्धि भइरहेको छ । त्यसैले यसले केही समयमा नै महिलापुरुषबीचको दूरीलाई हटाइदिने बताइन्छ ।

प्रकाशित : 10 January, 2019

प्रतिक्रिया दिनुहोस्