डीएनए नमूना माग गर्दै रोनाल्डोविरुद्ध वारेन्ट जारी

सहयात्रा टिभी

एजेन्सी । पुष–२७, पोर्चुगलका कप्तान तथा युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि लस भेगास प्रहरीले डीएनए नमूनाका लागि वारेन्ट जारी गरेको छ ।

एक अमेरिकी महिलाले लगाएको बलात्कार आरोपबारे छानबिन गरिरहेको प्रहरीले थप अनुसन्धानको लागि रोनाल्डोको डीएनएको नमूना माग गरेको हो । ३३ वर्षका रोनाल्डोका वकिल पिटर एस क्रिष्टएनसनले प्रहरीले गरेको माग अति उत्कृष्ट रहेको बताएका बीबीसीमा उल्लेख छ ।

अमेरिकी एक पूर्वमोडल क्याथरिन मायोर्गाले सन् २००९ मा आफूमाथि बलात्कार भएको भन्दै रोनाल्डोमाथि उजुरी दिएकी थिइन् । तर रोनाल्डोले भने सबै आरोप झूटो भन्दै खण्डन गर्दै आइरहेका छन् ।

प्रकाशित : 11 January, 2019

प्रतिक्रिया दिनुहोस्