साइकल र कार एकआपसमा ठोकिँदा कार कच्याक कुचुक भएपछि

सहयात्रा टिभी

एजेन्सी । पुष–२७, दुर्घटनाका अनेक घटनाहरु हामी सुनिरहेका हुन्छौँ । आजभोलि त ठूला ठूला दुर्घटना पनि सामान्य लाग्न थालिसकेका छन् । यस अवस्थामा एउटा कार र साइकल विच भएको ठक्कर जहाँ कसैको ज्यान गएको छैन भने त्यो त समाचार बन्न लायक पनि हुँदैन तर यहाँ यस्तो घटना भएको छ जसले सुन्ने सबैलाई चकित र आश्चर्यजनक बनाइदिएको छ ।

एउटा कार साइकलसँग ठोकिँदा कारको अगाडिको भाग पुरै कच्याककुचुक भएको छ भने साइक सकुसल रहेको तस्विरमा देख्न सकिन्छ । चीनको सेन्जेन सहरमा भएको यो घटनामा कारलाई कुच्याइदिने साइकलको धेरैले प्रसंसा गरिरहेका छन् ।घटनाको भिडियो बाहिर आएसँगै मानिसहरुले कार कम्पनीको मजाक उडान सुरु गरे ।कतिपयले त्यो फोटो तथा भिडियो नक्कली भएको बताएपनि पुलिसले त्यो वास्तविक घटना भएको पुष्टि गरकेो छ ।

पिपुल्स डेली चाइनाले समेत यो तस्वीर सहितको समाचार छापेको छ । दुर्घटनामा साइकलमा कुनै क्षति नभएपनि चालक सामान्य घाइते भएका छन् । उता कारको अगाडिको भाग नराम्रोसँग क्षतिग्रस्त भएपनि कारका यात्रु तथा चालक सुरक्षित छन् । एजेन्सी

प्रकाशित : 11 January, 2019

प्रतिक्रिया दिनुहोस्