आजको राशिफल

काठमाण्डौं । पुष–२७,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
इष्र्या गर्नेहरुबाट सतर्क रहनुहोला । समय अनुकुल नै रहने हुँदा साचेको काम पुरा हुनेछ । परिवारको साथमा रमाइलो घुमघाम गर्न सकिनेछ । परिवारको आवश्यकता पुरा गर्न सकिएला । दाम्पत्य जीवन सुखमय रहनेछ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
परिस्थिति अनुकुल रहनेछ । मेहनेतले सोचेको काम पुरा हुनुको साथै प्रतिष्ठा दिलाउने अवसर छ । अध्ययनमा मन नजाला । आम्दानिमा वृद्धि हुनुको साथै जिम्मेवारी पनि बढ्नेछ । शुभचिन्तकहरुको साथ र सहयोग पाइनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
स्वास्थ्यमा समस्या देखिए पनि मेहनेतले लक्ष्यमा पुग्न सफल बनाउनेछ । नयाँ साथी बनाउन सकिएला । मिष्ठान्न भोजनको योग छ । आफन्तहरुबाट साथ र सहयोग पाइएला । प्रिय व्यक्तिको साथ पाइनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय अनुकुल रहनेछ । रोकिएका काम समेत बन्नेछन् । नयाँ ठाउँको भ्रमण गर्न पाइएला । आम्दानिमा वृद्धि हुनेछ । परिवारको साथमा समय विताउन पाउने दिन रहेको छ । प्रेम प्रस्तावले दिन हर्षमय बनाउला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यमा कमजोरि देखिएकाले खानपानमा ध्यान दिनुहोला । गोपनियतामा विशेष ध्यान दिनुहोला । आफन्तहरुबाट नै धोका हुन सक्छ । जिम्मेवारी थपिनुको साथै आम्दानिमा पनि वृद्धि हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
रमाइलो यात्राका बीच मानसम्मान पनि पाइनेछ। शिर्जनात्मक कामबाट प्रतिष्ठामा वृद्धि गर्न सकिनेछ । सन्तानको प्रगतिमा सामेल हुन पाइएला । प्रिय व्यक्तिसँगको भेटले दिन हर्षमय रहनेछ । अध्ययनमा प्रगति हुनेछ ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
अधिकार र प्रतिष्ठामा वृद्धि हुने काम हात लाग्नेछ । सोचेका कामहरु पुरा हुनेछन् । शुभचिन्तकहरुको साथ पाइनेछ । धेरैपछि पुरानो साथीसँग भेट हुने अवसर जुट्नेछ । परिवारलाई समय दिन सकिएला । प्रेम र मित्रतामा प्रगाढता थपिँदै जानेछ ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अध्ययनमा सहपाठीहरूलाई पछि पार्दै लक्ष्य हासिल गर्न सकिनेछ। मन परेको मानिससँग नजिक हुन पाइनेछ । धार्मिक काममा मन जाला । दाजुभाईबाट साथ र सहयोग पाइनाले लक्ष्यसम्म पुग्न सकिनेछ ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
पहिलेका वचन पुरा गर्न नसक्दा आलोचकहरु बढ्न सक्छन् । अध्ययनमा समय दिन नसकिएला । आफन्तबाट टाढिनु पर्दा मनमा खिन्नता उत्पन्न हुनेछ । सन्तानबाट सुख पाइनेछ । प्रेम प्रस्तावबाट सकारात्मक नतिजा आउनसक्ने दिन रहेको छ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
चल अचल सम्पत्ति हात लाग्नेछ । स्वास्थ्यमा केहि समस्या देखिन सक्छ, खानपान र चिसोमा ध्यान दिनुहोला । सोचेको काम पुरा हुनेछ । प्रतिक्षित नतिजा सकारात्मक हुनेछ । प्रेम र मित्रताको सम्बन्ध मजबुत बन्दै जानेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
आँटले काम बन्नेछ भने साथ दिनेहरू पनि प्रशस्तै फेला पर्नेछन्। मेहनेतले प्रतिष्ठा दिलाउनेछ । आम्दानिमा वृद्धि हुनेछ । व्यापार व्यवसायका क्षेत्रबाट लामो यात्रा गर्नुपर्ने अवसर आउन सक्छ । जो कोहिलाई विश्वास गर्ने बानिले धोका वेहोर्नुपर्ला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सबै काम सोचेजस्तै बन्दै जाने हुँदा मनमा उत्साह जाग्नेछ । सामाजिक काममा दिन वित्ला । मेहनेतले प्रतिष्ठामा वृद्धि गराउनेछ । प्रिय व्यक्तिसँगको भेटले दिन हर्षमय रहनेछ । नयाँ ठाउँको भ्रमण गर्न पाइएला । नयाँ सम्बन्ध गाँसिने सम्भावना प्रवल रहेको छ ।