केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टाउकोमा चाया परेर हैरान हुनुहुन्छ, अपनाउनुस यस्ता उपायहरु

सहयात्रा टिभी

काठमाण्डौं । पुष–२९, टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहेको कारणाले गर्दा टाउकोमा देखिने सेता, मसिना फुस्रा दागहरू नै चाया हो । विशेष गरि जाडो मौसममा टाउकोमा चाया परेर हैरान बनाउँछ । कपाल कम नुहाउने बानीले पनि चाया पर्न सक्छ । शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चाया पर्छ । त्यस्तै, सुक्खा वातावरणमा बस्दा पनि कपालमा चाया पर्ने समस्या हुन्छ । लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउकोमा हुने एलर्जीका कारण पनि चाया पर्ने समस्या हुन्छ ।

टाउकोमा पर्ने चायाबाट बच्ने उपाय

–स्वस्थ छालाका लागि भिटामिनयुक्त साग–पात तथा फलफूल प्रसस्त मात्रामा खानुपर्छ ।

–कपाल कोर्न प्रयोग गरिने काइँयो सफा गरिरहनुपर्दछ ।

–नुहाउन दुइ घण्टा अघि नरिवलको तेलमा कपूर मिसाएर औंलाका टुप्पाले तालुमा मालिश गरी नुहाउने गर्नाले चाया कम गर्न सकिन्छ,

–सेम्फू छान्दा केटोनाजोल, सेलेनियम सल्फाइड, जिंक पैरिथियोन, सेलिसिलिक एसिक, कोल टार, टि–ट्री ओयलजस्ता औषधियुक्त सेम्फू छान्नुपर्छ ।

–विभिन्न प्रकारका सेम्फूमध्ये आफूलाई उपयुक्त हुने सेम्फू छानिसकेपछि कम्तिमा एक महिना नियमित लगाउनुपर्छ । सुधार भएन भने सेम्फू बदल्न सकिन्छ । यसका लागि चर्म रोग विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ ।

–सेम्फूमा दिइएको लगाउने तरिका राम्रोसँग पढ्नुपर्छ र त्यही अनुसार उपयोग गर्नुपर्छ ।सेम्फू प्रयोग गर्नुभन्दा पहिले पाप्राहरु उप्काउनुपर्छ ।

–सेम्फू कम्तिमा पाँच मिनेटसम्म लगाउनुपर्छ । चाया नियन्त्रण नहुन्जेल दिनहु तथा नियन्त्रण भइसकेपछि हप्तामा दुई–तीन पटक प्रयोग गर्नु उपयुक्त हुन्छ ।

प्रकाशित : 13 January, 2019

प्रतिक्रिया दिनुहोस्