प्रदेश दुईका अर्थमन्त्री र उद्योग सचिवबीच कुटाकुट

सहयात्रा टिभी

जनकपुर । पुष–२९, गरिबी निवारणको कोषको रकम सञ्चालनको विषयलाई लिएर प्रदेश दुई सरकारका अर्थमन्त्री र उद्योग , पर्यटन तथा वातावरण मन्त्रालयका सचिव बीच कुटाकुट भएको छ ।

आज प्रदेश दुईको अर्थमन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री विजय यादव र उद्योग , पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानन्द झाबीच कुटाकुट भएको हो ।

गरिबी निवारण कोषको रकम सञ्चालनका लागि एनजीओ छनोट गर्ने क्रममा मन्त्री यादव र सचिव झाबीच विवाद हुँदा कुटाकुट भएको हो । कुटाकुट हुँदा सचिव झाको मुख फुटेको छ ।

प्रकाशित : 13 January, 2019

प्रतिक्रिया दिनुहोस्