मलेसियाबाट फर्किएका युवाको संयुक्त लगानीमा बस सञ्चालन
काठमाण्डौं । पुष–३०, मलेसियाबाट फर्किएका र मलेसियामै रहेर रोजगरी गरिरहेका युवाहरुको संयुक्त लगानीमा काठमाण्डौंमा सार्वजनिक यातायात कम्पनी खुल्ने भएको छ । मलेसिया रिटर्नी समाज गठन गरेका युवाले कम्पनी नै खोलेर सामूहिक लगानीमा यातायात व्यवसाय गर्ने भएका हुन् ।
उनीहरुकाअनुसार पहिलो चरणमा रिंगरोडमा ३ वटा सञ्चालन गर्न लागिएको छ ।युवाहरुले मलेसियबाट फर्किएका र मलेसियामा रहेका कामदारको परिवारले कम्पनीमा सेयर राख्न पाउने गरी व्यवसायिक योजना बनाएका छन् ।
यो लगानीबाट आएकोप्रतिफल पनि सामूहिक रुपमा वितरण गर्ने र युवाहरुलाई देशभित्रै बसेर उद्योग–व्यवसाय गर्न उत्प्रेरित गर्ने योजना बनाइएको छ ।यो संस्थाका पहलमा हालै काठमाडौंमा मलेसियाबाट फर्किएका युवाले नयाँ रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याएका छन् । सिंहदरबारको पूर्वी गेटमा सञ्चालनमा आएको सहयात्रा रेस्टुरेन्टपछि युवाहरु सार्वजनिक यातायातको व्यवसायमा संलग्न हुन खोजेका हुन् ।