इबरमाथि बार्सिलोनाको सहज जित, मेसीले गरे लिगमा ४ सयौं गोल

पुष–३०, स्पेनिस ला लिगामा बार्सिलोनाले इबरलाई पराजित गरेको छ ।
भएको खेलमा बार्सिलोनाले इबरलाई ३–० गोल अन्तरले पराजित गर्दै सहज जित हासिल गरेको छ । बार्सिलोनाको जितमा लुइस स्वरेजले २ गोल गरे भने लियोनेल मेसीले एक गोल गरेका छन् ।
लियोनेल मेसीले ला लिगामा आफ्नो ४ सयौ गोल गरेका छन् । यो सँगै मेसी ला लिगामा ४ सयौं गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि ला लिगामा क्रिस्टियानो रोनाल्डोले ४०९ गोल गरिसकेका छन् ।
त्यस्तै मेसीले यस सिजनको ला लिगामा आफ्नो गोल संख्या १७ पुर्याएका छन् भने स्वरेजले १४ गोल गरेका छन् ।
जितसँगै बार्सिलोना १९ खेलमा ४३ अंकका साथ लिगको शिर्ष स्थानमा कायम छ भने दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडभन्दा ५ अंकले अगाडी रहेको छ ।