निर्देशक राजकुमार हिरानीमाथि योन शोषणको आरोप

सहयात्रा टिभी

काठमाण्डौं । पुष–३०, बलिउडका चर्चित निर्देशक राजकुमार हिरानीलाई आफ्नै असिस्टेन्टलाई यौन दुर्व्यावारको आरोप लागेको छ ।

संजु फिल्ममा हिरानीसँग काम गरेकी एक महिलाले निर्देशक हिरानीले गत अप्रिल देखि आफूमाथि लगातार यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । ति महिलाले एक इमेल लेख्दै फिल्म निर्माता विदु विनोद चोपडा, उनकी पत्नी अनुपमा चोपडा र स्क्रिप्ट लेखक अभिजित जोशीलाई सो बारेमा जानकारी गराएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

उनले सो इमेलमा आफ्ना पिता सोहि समयमा अस्वस्थ भएका कारण आफुले हिरानीसँगको कामलाई निरन्तरता दिएको जानकारी दिएको बताएकी छन् । संजु फिल्मको पोस्ट प्रोडक्सनको ६ महिना आफूमाथि हिरनीले यौन शोषण गरेको आरोप ति महिलाले लगाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसैबीच हिरानीले आफूमाथि लागेको आरोप अस्विकार गरेका छन् । हिरानीका वकिलले सबै आरोप कपोकल्पित र आधारहीन भएको बताएका छन् ।

हिरानीमाथिको आरोपपछि उनको लगानीसमेतमा बनेको फिल्म एक लड्की को देखा तो एसा लगाको ट्रेलरबाट उनको नाम हटाइएको छ । जब कि सो फिल्मको टिजरमा हिरानीको नाम सह-निर्माताको रुपमा नाम उल्लेख गरिएको थियो ।

मुन्ना भाई एमबीबीएस, पिके, ३ इडियट्स, संजु जस्ता चर्चित फिल्मको निर्देशन गरेका हिरानी बलिवुडमा #MeToo अभियान अन्तर्गत यौन शोषणको आरोप लागेका अहिलेसम्मकै उच्च तहका सेलिब्रेटी हुन् ।

#MeToo अभियान अन्तरगत बलिवुडमा निर्देशक साजिद खान, निर्देशक बिकास बहल, संगीतकार अनु मालिक, अभिनेता नाना पाटेकरलगायतलाई यौन शोषण गरेको आरोप लागेको थियो ।

प्रकाशित : 14 January, 2019

प्रतिक्रिया दिनुहोस्