एउटै माछाको मूल्य ३४ करोड परेपछि

सहयात्रा टिभी

एजेन्सी । पुष–३०, एउटा विशाल ब्लुफिन टुना माछाको लागि जापानको एउटा रेष्टुराँ सञ्चालकले ३.१ मिलियन डलर अर्थात् करिब ३४ करोड नेपाली रुपैयाँ खर्चेका छन् ।
जापानको राजधानी टोक्योमा रहेको माछाबजारमा भएको नयाँ वर्षे लिलामीमा उक्त रेष्टुराँका मालिक कियोशी किमुराले एउटै माछाको लागि यति ठूलो रकम खर्च गरेका हुन् ।

यस्तै लिलामी सन् २०१३ मा पनि भएको थियो । त्यतिबेला १५५ मिलियन जापानी येनमा भएको लिलामीलाई अहिले त्यसको दोब्बर झण्डै ३३३.६ मिलियन जापानी येनमा किमुराले उछिनेका हुन् ।टुना किंगको नामले परिचित उक्त माछो २ सय ७८ किलो तोलको रहेको एजेन्सीहरुले बताएका छन् ।उक्त ब्लुफिन टुना उत्तरी जापानमा समाइएको थियो ।

प्रकाशित : 14 January, 2019

प्रतिक्रिया दिनुहोस्