आजको राशिफल

काठमाण्डौं । माग–१,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
भोजभतेरको निम्तो आउन सक्छ। पारिवारिक जमघटमा मन रमाउनेछ। चिताएका काम सम्पादन हुनेछन्। अभिव्यक्ति कला र व्यक्तित्वमा निखारता आउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। समय अनुकुल रहनेछ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। सोचेको काम पुरा गर्न कर्जा लिनु पर्ने हुन सक्छ । परिवारको साथमा मिष्ठान्न भोजनको योग छ । साथीभाईहरुसँग भेटघाट हुनेछ । मन हर्षमय रहला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिस्थिति अनुकुल रहनेछ । मेहनेतले काम पुरा गर्न सकिनेछ । शुभचिन्तकहरुको साथ र सहयोगले लक्ष्यसम्म पुग्न सकिनेछ । आफन्तहरुसँगको भेटले मन हर्षित रहनेछ । अध्ययनमा समय दिन नसकिएला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरुको काममा समय विताउनु पर्ला । प्रतिष्ठित व्यक्तिसँगको भेटले दिन हर्षमय रहनेछ । मानमर्यादा र प्रतिष्ठामा वृद्धि हुनुको साथै आम्दानिमा समेत वृद्धि हुने योग छ । मिष्ठान्न भोजनको योग छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
व्यापार व्यवसायका काममा अरुको बाधा आइलाग्न सक्छ । अन्य व्यक्तिको स्वार्थपूर्ण काममा संलग्न भइएला । आफन्तहरुबाट नै धोका हुन सक्छ । मेहनेतले काम पुरा गर्न सकिनेछ । अध्ययनमा प्रगति हुनेछ । प्रिय व्यक्तिसँगको भेटले दिन हर्षमय रहला ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक पक्ष कमजोर रहला । परिस्थितिले संघर्षको बाटोमा हिँडाउनेछ । मेहनेतले चिताएको कम पुरा गर्न सकिनेछ । प्रेम र मित्रताको सम्बन्ध मजबुत बन्दै जानेछ । दाजुभाईबाट साथ र सहयोग पाइनेछ ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । परिवारको साथमा मिष्ठान्न भोजनको योग छ । नयाँ साथि बनाउन सकिनेछ । सोचेको काम पुरा हुनेछ । अध्ययनमा प्रगति हुनेछ । जीम्मेवारी बढ्नेछ ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा प्रगति हुनेछ । धार्मिक काममा मन जानेछ । शुभचिन्तकहरुको साथ र सहयोगले दिन हर्षमय रहला । मिष्ठान्न भोजनको योग छ । पुराना साथीहरुसँग भेट हुनेछ । प्रतिक्षित नतिजा सकारात्मक हुनेछ ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारका लागि रमाइलो यात्रा गर्नुपर्ला । सोचेको काममा केहि बाधा देखिए पनि मेहनेतले पुरा गर्न सकिनेछ । प्रेमीप्रेमीकाको साथ र सहयोगले मन हर्षित रहला । परिवारमा समय दिन सकिनेछ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अचानक खुसीको खबर सुन्न पाइने हुँदा दिन हर्षमय रहनेछ । सोचेको काम पुरा हुनेछ । साइनो गाँस्नेहरुबाट सतर्क रहनुहोला । रमाइलो यात्रा गर्ने अवसर छ । यात्राकाविचमा नयाँ साथी बनाउन सकिएला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
प्रकृया नमिल्नाले काम पुन दोहो¥याएर गर्नुपर्ला । आफन्तबाट टाढिनु पर्दा मनमा खिन्नता उत्पन्न हुन सक्छ । धैर्यता गुमाउनाले पुरा भएको काम पनि विग्रन सक्छ । प्रतिष्ठित व्यत्तिसँग भेट हुनेछ । प्रेमसम्बन्ध प्रगाढ बन्दे जानेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
समय अनुकुल रहनेछ । दिगो फाइदा हुने काममा संलग्न भइएला । जिम्मेवारी बढ्नुको साथै आम्दानिमा वृद्धि हुनेछ । मनले चाहेको व्यक्तिसँग नजिक हुन सकिएला । रमाइलो यात्राका विचमा नयाँ साथि बनाउन सकिनेछ ।