बिसे नगर्ची जसले नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको उध्रिन लागेको सपना सिलाइदिए

सहयात्रा टिभी

काठमाण्डौं । माग–१, अतिसामान्य पृष्ठभूमि भएका बिसे नगर्ची नाम गरेका व्यक्तिले राज्य विस्तारको महत्वाकाङ्क्षा बोकेका गोरखाका राजा पृथ्वीनारायण शाहलाई युद्धका लागि खर्च जुटाउने जुक्ति सिकाइदिएको जनश्रुति छ।

नेपाल एकीकरण गर्न कस्सिएका राजालाई सल्लाह दिन सक्ने क्षमता र सम्बन्ध भएका बिसे नगर्ची को हुन् र उनको नेपालको इतिहासमा कस्तो स्थान छ ?

टिप्पणीकार यादव देवकोटाले यी ऐतिहासिक पात्रबारे अध्ययन गरेका छन्। पढ्नुहोस् त्यसकै आधारमा तयार पारिएको यो लेख –

‘गोरखा दरबारको पुरानो नगर्चीको सिलाइ पसल”

गोरखा बजारबाट कालिका मन्दिर जाँदा बाटोमा पर्ने हटियाथोकमा केही सिलाइ पसलहरूमा माथि उल्लिखित ब्यहोराको बोर्ड टाँगिएको देखेपछि जिज्ञासावश सोधखोज गरेँ।

‘बिसे नगर्चीको नाम सुन्नुभएको छैन? हामी उनैका सन्तान त हौँ नि!’ पसलमा रहेका श्यामबहादुर नगर्चीले भने। नेपाली इतिहासको एक महत्त्वपूर्ण पात्र बिसे नगर्चीको नाम सुनेपछि अलिकति चाख बढ्नु स्वाभाविकै थियो।

तर श्यामबहादुर र वरिपरि उस्तै ब्यहोराको बोर्ड टाँगेर सिलाइबुनाइको काम गरिरहेका कसैलाई पनि हामी बिसेकै सन्तान हौँ भन्ने बाहेक बिसे नगर्चीबारे गहिरो जानकारी थिएन।

श्यामबहादुर भन्छन्, “हाम्रा पुर्खा बिसे नगर्चीले पृथ्वीनारायण शाहलाई देश बनाउन चाहिने खर्च उठाउने अक्कल सिकाउनुभएको थियो। आफैँले एक रुपैयाँ दिएर राज्यको ढुकुटी बढाउने काम थाल्नुभएको थियो। हाम्रा पुर्खा गोरखा दरबारमा नगरा बजाउने काम पनि गर्थे।”

मूलधारको इतिहास

आक्कलझुक्कल केही सामग्रीमा बिसे नगर्चीको नाम भेटिएपनि नेपालको मूलधारको इतिहासबाट उनको नाम लुप्तप्राय: छ।

राजालाई सल्लाह दिने र राज्यलाई नागरिकले ढुकुटी भर्न चन्दा दिने नागरिक बिसे नगर्ची गोरखा दरबारमा सिलाइबुनाइ गर्ने, नगरा बजाउने, कटुवाल फलाक्ने र पृथ्वीनारायणको गोरखा राज्य विस्तारको अभियानमा गोरखाली फौजसँगै लडाइँमा नगरा बजाउन हिँड्ने गरेको देखिन्छ।

थोरै जनसङ्ख्या भएको त्यस समयमा लडाइँ गर्न सक्ने बलिया पाखुरा भएका मानिसको सङ्ख्या निकै कम थियो।

विस्तारको अभियानमा लागेको राज्यलाई सेनामा र राज्यका अरू काम गर्न युवकहरू चाहिएको थियो।

बिसे नगर्चीले नगरा बजाउने र सिलाइबुनाइ गर्नेबाहेक लडाइँमा सिपाहीको रूपमा पनि काम गरेको सैनिक इतिहास एवम् गोरखालीहरूको राज्यविस्तारको इतिहाससँग सम्बन्धित सामग्री पढ्दा थाहा पाइन्छ।

बिसे नगर्चीको नालीबेली

बिसे नगर्चीको न्वारनको नाम विशेश्वर नौवाग थियो।

पृथ्वीनारायण शाहले बिसेलाई “तँ मेरो बुवाको पालादेखिको काठोभोटो गर्ने बूढो दमै” भनेबाट बिसेको जन्म विसं १७५० भन्दा पहिल्यै गोरखा बजारनजिकै रहेको जर्किनडाँडामा भएको अनुमान गर्न सकिन्छ।

गोरखा दरबारमा नगरा बजाउने काम गर्नेलाई ‘नगार्ची’ भनिन्थ्यो। पछि नगर्ची भन्न थालियो।

तत्कालीन समयमा गाउँलेहरू विभासको धुनसँगै ब्युँझिन्थे र आरतीको धुनपछि सुत्थे।

बिहान सनई बजाएर ‘राग विभास’ बाट मानिसलाई ब्युँझाइन्थ्यो। राग विभास भालेको प्रात:कालीन वाग (डाँक) सँगै बजाइन्थ्यो।

त्यसबेला वाग (डाँक) हाल्ने पेसा गर्नेहरूको थर नववाग वा नौवाग थियो। यसरी बिसे दमाईँ जातका नौवाग थरका नागरिक भएको रामशरण दर्नालले आफ्नो पुस्तक ‘बिसे

प्रकाशित : 15 January, 2019

प्रतिक्रिया दिनुहोस्