३५ वर्षदेखि एकै रङका कपडा लगाउने व्यक्ति

सहयात्रा टिभी

एजेन्सी । माघ–२, यल्लो म्यान भनेर चिनिने एक जना व्यक्ति जसले विगत ३५ वर्षदेखि पँहेलो रङको कपडा मात्र पहिरिँदै आएका छन् । सिरियाको अलेप्पो सहरमा बस्ने अबू जाक्कोर केवल पहेँलो रङका कपडा लगाउँछन् । उनले प्रयोग गर्ने हरेक सामानको रङ पहेँलो हुन्छ । कपडा तथा जुत्तादेखि लिएर छातासम्म पनि पहेँलो नै छ । आफूलाई चाहिने चिज बजारमा यदि पहेँलो रङको पाइएन भने उनले त्यो चिज किनेर घरमा ल्याई पहेँलो रङ पोतेर प्रयोग गर्दछन् ।

सन् १९८३ को जनवरी २५ देखि उनले पहेँलो रङको प्रयोग गर्न थालेका हुन् । उनले त्यसबेला गरेको बाचा अझै तोडेका छैनन् । पहेँलो रङ प्रेमको प्रतिक रहेको उनको दाबी छ ।भित्री कट्टुदेखि टाईसम्मै पहेँलो रङको प्रयोग गर्ने अबूले उनको त्यो बानीका कारण कहिलेकाहीँ समस्याको सामना पनि गर्नुपरेको छ ।

कतिपयले उनलाई अलकायदा त कतिले आइएसको जासुस भएको आरोप पनि लगाए । सन् २०१३ मा सिरियाली विद्रोही सेनाको कुटाइ पनि उनले खाएका थिए । तर जतिसुकै चुनौति आएपनि अबूले पहेँलो रङ अझै छाडेका छैनन् ।

प्रकाशित : 16 January, 2019

प्रतिक्रिया दिनुहोस्