टुटल-पठाओ प्रकरणमा प्रधानमन्त्रीको हस्तक्षेप
सहयात्रा टिभी
काठमाण्डौं । माघ–३, प्रधानमन्त्री केपी शर्मा ओलीले टूटल र पठाओ एपमार्फत मान्छे ओसार्ने मोटरसाइकल र स्कुटरलाई नरोक्न निर्देशन दिएका छन् । राष्ट्रिय विकास समाधान समितिको बैठकमा प्रधानमन्त्रीले विवादमा आउनेगरी काम नगर्न निर्देशन दिए ।
उनले भने, ‘मोटसाइकलको पछाडि बसेर साथी हिँड्यो कि श्रीमती हिँड्यो कि, झ्याप्पै रोकेर सोध्यो भने मान्छे नतर्सिने कुरै छैन । सरसल्लाहबिना यस्ता खालका आदेश वा निर्देशन फ्याट्ट फ्याट्ट नआउन्, यो कहाँ–कहाँबाट भएको छ, साथीहरुले तुरुन्तै स्टप गर्नुहोला, के व्यवस्था गर्नुपर्छ पछाडि गरौँला ।
’ट्राफिक प्रहरीले टुटल र पठाओका माध्यामबाट मोटरसाइकलमा पैसा लिएर गन्तव्यमा पुर्याउने मोटरसाइकल धनीलाई कारवाही गरेपछि अहिले यस प्रकरणले निकै चर्चा पाएको छ ।