चन्द्रमामा पहिलोपटक कपासको बीउ टुसाएपछि

सहयात्रा टिभी

एजेन्सी । माघ–३, केही दिनअघि मात्र चन्द्रमाको अँध्यारो भागमा सफलतापूर्वक पुगेको चीनको चांग इ४ ले लगेको कपासको बीउ टुसाएको एजेन्सीहरुले जनाएका छन् । यो बिरुवा नै सम्भवतः चन्द्रमाको पहिलो बिरुवा हुनसक्ने अधिकारीहरुले बताएका छन् ।

मंगलबार यसबारे चिनियाँ अनुसन्धानकर्ताहरुले बताएका थिए । एउटा सानो भाँडोमा उक्त स्पेसक्राफ्टभित्रै कपासको बीउ टुसाएको हो । चन्द्रमा पृथ्वीभन्दा हजारौँ हजार किमि टाढा पर्छ ।

चीनले अहिलेसम्म कुनै पनि यान पुग्न नसकेको चन्द्रमाको पृथ्वीबाट देखिने भागभन्दा विपरीत भागमा आफ्नो यान सफलतापूर्वक अवतरण गराएको थियो । उक्त मिसनमा चन्द्रमामा बीजहरु उम्रिन सक्ने नसक्नेबारे अध्ययन गर्नु पनि एक उद्देश्य रहेकोमा अब त्यो सफल भएको छ । त्यसो त चिनियाँ अधिकारीहरुले आलुलगायतका अन्य तरकारीजन्य बालीको समेत परीक्षण गर्दै छन् भने झिँगाका अण्डाहरुबाट समेत जीव जन्म प्रक्रियाको अनुसन्धान गर्दै छन् ।

उच्च विकिरणयुक्त र कमजोर गुरुत्वबल रहेको क्षेत्रमा कसरी जीवन हुर्किनसक्छ भन्ने अनुसन्धानमा अधिकारीहरु रहेको बताइएको छ ।

प्रकाशित : 17 January, 2019

प्रतिक्रिया दिनुहोस्