केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विराटनगर अस्पतालका डा. आलोक देवले चमत्कारी रुपमा दिमागमा छिरेको फलामको टुक्रा निकाल्न सफल भएपछि

सहयात्रा टिभी

विराटनगर । माघ–३, मोरङको विराट मेडिकल कलेज अन्तर्गत रहेको विराटनगर अस्पताल (बिराट नर्सिङ होम) का न्यूरो सजर्न डा. आलोक देवले एकजना बिरामीको टाउको भित्र छिरेको ४ x ३ सेमिको फलामको टुक्रा शल्यक्रिया मार्फत निकाल्न सफल भएका छन् ।

बिरलै रुपमा यस्ता शल्यक्रिया सफल हुने गरेका बेला डा.देवले सो बिरामीको सफल शल्यक्रिया गर्न सफल भएका हुन् । भारतको छत्तपुर सुपौलका २५ बर्षिय एमडी साजिदलाई सफल शल्यक्रिया मार्फत उनले नयाँ जिवन दिन सफल भएका छन ।

पुष २२ गते थ्रेसर लगाउने क्रममा थ्रेसरको फलामको टुक्रा उछिटिएर उनको टाउकोमा लागेको थियो । टुक्राटुक्रा भएको फलाम उनको दिमागमा पुगेको अबस्थामा उनलाई सो अस्पतालमा ल्याईएको थियो । उनको सफल उपचारपछि उनलाई माघ २ गते डिस्चार्ज गरिएको डा।देवले बताएका छन् ।

प्रकाशित : 17 January, 2019

प्रतिक्रिया दिनुहोस्