मननयोग्य भनाइहरु, जसले तपाइँमा हिम्मत बढाउन सक्छ
काठमाण्डौं । माघ–३, कुनै कुनै वाक्य अथवा भनाइहरुले मनमा यति मजाले छुन्छ जसको कारणले हाम्रो पुरै जीवन परिवर्तन समेत हुन सक्छ । हामीलाई हिम्मत पर्दान गर्न, शाहस बटुल्न, जीवन परिवर्तन गर्न र केहि गर्नको लागी केहि शक्तिशालि भनाइहरुको आवश्यकता पर्छ ।
मननयोग्य केहि शक्तिशालि भनाइहरु :
–डर र साहसका दुई अर्थ छन्, एक सबैथोक बिर्सिएर भाग्नु, दुई सबैथोक सहएर अघि बढ्नु ।
–जिन्दगी बक्सिङ गेम जस्तै हो । लड्दैमा तिमी हारेका हुदैन, तिमी त्यतीबेल हार्छौ जब लडिसकेपछी उठ्दैनौ ।
– प्रत्येक चिज दुइ अवस्थामा मूल्य वान लाग्छन्, एक पाउनुभन्दा अघि दुई गुमाइसकेपछी ।
– प्रत्येक सफल व्यक्तिको पछाडी एक संघर्षपूर्ण कहानी हुन्छ, प्रत्येक संघर्षपूर्ण कहानीको अन्त्य सफलतामा हुन्छ ।
– नभन बरू देखाउ, नबोल बरू गर, बाचा नगर बरू प्रमाणित गर अनि मात्र सबैथोक असल हुनेछ ।
–सपना त्यो होइन जुन तिमी निदाउदा देख्छौ, सपना त त्यो हो जसले तिमीलाई निदाउन दिदैन ।
–समय ठिक चलिरहदा गल्ती पनि मजाक बन्छ तर समय खराब हुदाँ मजाक पनि गल्ती बन्छ ।
–जिन्दगीमा कसैलाई पनि बेकारको नसम्झनुस् किनकी बन्द घडीले पनि दिनको दुई पटक सही समय दिन्छ ।
–हामी आफैले आफैलाई मूल्यांकन गर्नुपर्दा ‘मैले के के गर्न सक्छु’ भनी गर्छौ तर अन्यले मूल्यांकन गर्दा ‘तिमीले के के गर्यौ’ सो मात्र हेर्दछन् ।
–सबै शुन्दर चिजहरू असल हुदैनन् तर सबै असल चिजहरू शुन्दर हुन्छन् ।