आइफोनका लागी युवकले किड्नी बेचेपछि

सहयात्रा टिभी

एजेन्सी । माघ–३, चिनीँया एक युवकले आफुले चाहेको जस्तो आइफोन खरिद गर्नका लागी आफ्नो किड्नी नै बेचेका छन् । १७ वर्षीय वाङ सांगकुनले एप्पलको लेटेस्ट फोन खरिद गर्नका लागि गैरकानूनी रूपमा सर्जरी गराएर किड्नी बेचेका हुन् । किड्नी बेचेको छोटो समयमा नै उनी हाल अर्को कड्निीले काम नगरेपछि थला परेका छन् ।

सर्जरी गराएको आठ वर्षपछि अहिले उनको अर्को किड्नीले काम गर्न छोडेको हो, जसकारण उनी बिरामीभएर २५ वर्षको उमेरमै ओछ्यान छोड्न नसक्ने अवस्थामा पुगेका छन् ।

सांगकुनले कालो धन्दा गर्दै अप्रिल २०११ मा ४५०० अमिरिकी डलरमा किड्नी बेचेका थिए । त्यस रकमबाट उनले आइफोन ४ र आइप्याड २ खरिद गरेका थिए । उनले अभिभावकको अनुमतिबिना नै गैरकानूनी रूपमा सर्जरी गराएको खुलेको छ । उनको परिवार चीनको गरिब प्रदेशमा बस्छन् ।

प्रकाशित : 17 January, 2019

प्रतिक्रिया दिनुहोस्