तुइन विस्थापित हुँदै, ११३ स्थानमा झोलुङ्गे पुल

सहयात्रा टिभी

काठमाण्डौं । माघ–५, ग्रामीणका ११३ स्थानमा झोलुङ्गे पुल निर्माण भएको छ । सरकारले जोखिमपूर्ण रुपले खोला तर्नुपर्ने बाध्यता हटाउन विसं २०७२ देशभर रहेका तुइनको खोजी गर्ने र त्यस ठाउँमा झोलुङ्गे पुलको निर्माण गर्ने घोषणा गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुरु गरेको ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत ११३ स्थानमा निर्माण सम्पन्न भएको छ । विसं २०७२ मा नै देशभरमा कुनकुन स्थानमा तुइनमार्फत स्थानीयवासी जोखिमपूर्ण रुपमा खोला तरिरहेका छन् भन्ने खोजी भएको थियो । त्यसपछिका वर्षहरुमा सरकारले झोलुङ्गे पुल निर्माणका लागि बजेट विनियोजन गरिरहेको छ ।

त्यो समस्या हटाएर देशभर तुइन विस्थापित गर्न विभाग लागेको छ । त्यतिबेला पहिचान भएका पुलमध्ये ५२ पुल आवश्यक नभएको विभागले बताएको छ । त्यस स्थानको नजिकै अर्को झोलुङ्गे पुल भएकाले वा चाँडै त्यस स्थानमा मोटर गुड्ने पुलको सम्भावना रहेका स्थानमा झोलुङ्गे पुलको निर्माण नगर्ने निर्णय भएको हो ।

पहिचान भएका पुलमध्ये अहिले १७ स्थानमा काम भइरहेको छ । १८७ तुइनमध्ये ११३ स्थानमा सम्पन्न छन् र ५२ ठाउँमा पुल नचाहिने पाइएको छ । महाकालीको पाँच ठाउँमा पुल बनाउनका लागि भारतको केन्द्र र प्रदेश सरकारको सहमति चाहिन्छ ।

प्रकाशित : 19 January, 2019

प्रतिक्रिया दिनुहोस्