विश्वकै जेष्ठ नागरिकको निधन

सहयात्रा टिभी

टोकियो । माघ–७, विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ ।जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् ।

राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उहाँनको जन्म भएको थियो ।गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उनी संसारकै सबैभन्दा जेठो व्यक्ति भएका हुन्।

“यस्ता अग्रज व्यक्तिको निधनले हामी निकै दुःखी भएका छौँ,” उनकी नातिनी युकोले भनिन् ।नोनाकाको छ जना दाजू भाई र एक जना बहिनी थिए । उनले १९३१ मा विवाह गरेका थिए भने पाँच जना सन्तान थिए । रासस/एएफपी

प्रकाशित : 21 January, 2019

प्रतिक्रिया दिनुहोस्