केहि मनछुने लाइनहरु जसले तपाइँमा परिवर्तन ल्याइदिन सक्छ

सहयात्रा टिभी

काठमाण्डौं । माघ–८, आफ्नो परिस्थिति अनुसारको कुनै लाइन तथा भनाइ सुनियो भने त्यो निकै चित्त बुझ्दो हुन्छ । परिस्थिति र अवस्थासँग मिल्ने लाइनहरुले कहिले काँहि हाम्रो जीवनमा आमुल परिवर्तन समेत ल्याइदिन सक्छ ।

केहि मनछुने भनाइहरु :

– केहि सम्बन्धहरुको नाम हुदैन र केही सम्बन्धहरु नाम मात्रको हुन्छ ।

–लक्ष्य पाउनु त टाढाको कुरा हो, घमण्डमा रहन्छौ भने बाटो पनि देख्न पाउदैनौ ।

– अलैचीको दानाहरु जस्तै भाग्य छ मेरो सुगन्ध त्यति नै फैलियो जति म पिसिदै गए ।

–माथी उठ्नको लागि पखेटाको आवश्यकता त पंछिहरुलाई पर्दछ , मान्छे त जति विनम्रताले झुक्दछ त्यति नै माथी उठ्छ ”

– कसैले क्या सत्य भनेका छन ।
ए ! मृत्यु , अलिकती पहिले नै आउनु गरीबको घरमा, कफनको खर्च औषधीमै सकिन्छ ।

–दाइजोमा बुहारीले के ल्याइन , यो सबैले सोधे , तर एउटी छोरीले के के छोडेर आइन यो कसैले सोचेनन ।

–दिल ठूलो भयो भने मित्र बन्छन, दिमाग ठूलो भयो भने दुश्मन ।

–सानो(सानो कुराहरु दिलमा राख्दा ठुला ठुला सम्बन्धहरु कमजोर भइदिन्छ ।

–समय यस्तो गाडी हो जसमा न ब्रेक छ न गियर , तर यसलाई कसरी चलाउने यो तपाइको हातमा छ ।

–खराब धर्म होइन मान्छे हुन्छन र खराब मान्छेको कुनै धर्म छैन ।

– धेरै वर्षपछी स्कुलको क्यान्टिनमा गए, चियावालाले सोध्यो – के लिन्छौ ? मैले भने – पुरानो साथीहरु पाइन्छ ?

प्रकाशित : 22 January, 2019

प्रतिक्रिया दिनुहोस्