आज मात्रै थप ५३५ जनामा कोरोना पुष्टि,कुल संक्रमित संख्या ९ हजार ५ सय नाघ्यो
काठमाडौं । असार–०८,नेपालमा थप ५ सय ३५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय ३५ जना संक्रमित थपिएका हुन् ।योसंगै नेपालमा संक्रमितको कुल संख्या ९ हजार ५ सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका नयाँ संक्रमितहरुमा ७४ जना महिला र ४ सय ६१ जना पुरुष छन् ।
कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका ८ जना, सप्तरीका २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ३ जना, मोरङका ४ जनामा संक्रमण देखिएको छ ।गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशालामा सप्तरीका ११ जनामा संक्रमित फेला परेका छन् ।जनकपुर प्रयोगशालामा धनुषाका १० जना,सप्तरीका २, जना,महोत्तरीका १ जनामा संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका २ जना, अर्घाखाचीँका ९ जना, प्यूठानका २४ जना, बैतडीका १४ जना, डडेल्धुरा १५ जना,जाजरकोटका १ जना, डोटीका ७ जना, गुल्मीका १ जना, कैलालीका ५८ जना, नवलपरासीका ५ जना, सर्लाहीका ४७ जना, सिन्धुपाल्चोकका २ जना,रुपन्देहीका ९ जना, सिरहाका २३ जना, स्याङ्जाका २० जना, पाल्पाका १० जना र रौतहटका ३४ जनामा संक्रमण पुष्टि भएको छ ।धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ओखलढुंगाका १ जना, गुल्मीमा ४१ जना संक्रमति थपिएका छन् । त्यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५ जना, नवलपरासी पूर्वका १६ जनामा संक्रमण देखिएको छ । त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङ्जाका १ जना, तनहुँका ११ जनामा संक्रमण पुष्टि भएको छ ।रुपन्देही प्रयोगशालामा गरिएको परीक्षणमा गुल्मी १४ जना, पाल्पा ८० जना, रुपन्देहीका ३ जना र प्यूठानका ६ जना संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वाथ्य प्रयोगशाला पोखरामा नवलपरासी पूर्वका ८ जना, स्याङ्जाका १२ जनामा संक्रमण देखिएको छ ।त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला दाङमा भएको परीक्षणमा दाङका १३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय ७० जना निको भएसँगै डिस्चार्ज भएका छन् ।योसंगै डिस्चार्ज हुनेको कुल संख्या २ हजार १ सय ४२ पुगेको छ । त्यस्तै, अहिले देशभरका क्वारेन्टाइनमा ९० हजार ७ सय ३० जना छन् भने आइसोलेसनमा ७ हजार ७ सय ८९ छन् । हालसम्म एक लाख ८१ हजार २ सय ७१ नमुनाको पीसीआर परीक्षण गरिएको छ भने २ लाख ६ हजार १०३ आरडीटी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बागमति प्रदेशको रसुवाबाहेक देशभरका ७६ जिल्लामा संक्रमण फैलिएको छ ।