यस्तो छ आजको मौसम

सहयात्रा टिभी

काठमाडौं । असार–१२,आजको मौसम पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले जारी गरेकोे छ ।महाशाखाले जारी गरेको पूर्वानुमानमा हाल देशभर मनसुनी वायुको प्रभावका कारण बदली भई केही स्थानहरुमा वर्षा भइरहेको जनाएको छ ।

आज शुक्रबार दिउँसो भने देशभर सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार राति पनि देशैभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान माहाशाखाले जनाएको छ ।

प्रकाशित : 26 June, 2020

प्रतिक्रिया दिनुहोस्