नेपालमा दिनप्रतिदिन कोरोना संक्रमणको संख्या बढ्दो, आज मात्र थप ५९३ जनामा कोरोना पुष्टि
काठमाडौं । असार –१२,पछिल्लो २४ घण्टामा नेपालमा थप ५९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या एघार हजार ७५५ पुगेको पुगेको जानकारी दिए। काठमाडौँका तीन पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
यस्तै, विभिन्न अस्पतालबाट थप ४८ जना निको भएर घर गएका छन् । आठ महिला र ४० पुरूष निको भएको जनाइएको छ।बताइएको छ। योसँगै कुल डिस्चार्ज हुनेको सङ्ख्या २ हजार ६५८ पुगेको छ । रेड जोनमा आज एक जना थपिएको मन्त्रालयले जनाएको छ ।नेपालमा कोरोना भाइरस ९कोभिड–१९० का कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार शुक्रबार थप एकजनाको मृत्यु भएसँगै मृतकको संख्या २७ पुगेको हो। बिहीबार दाङमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्युपछि कोरोना पुष्टि भएको हो। अन्दाजी २५–३० वर्षीया महिलालाई अचेत अवस्थामा भेटेर प्रहरीले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो। उनको स्वाब परीक्षण गर्दा शुक्रबार पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। उनको परिचय नखुलेको र परिवारको खोजी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।