थप ५५४ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या १२ हजार नाघ्यो
काठमाडौं । असार–१३,नेपालमा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय ५४ जना संक्रमित थपिएका हुन् ।योसंगै नेपालमा संक्रमित कुल संख्या १२ हजार ३ सय ९ पुगेको छ ।
मन्त्रालयका अनुसार,
जनकपुर प्रयोगशालामा
धनुषाका -३ जना,
महोत्तरीका -३० जनामा संक्रमण देखिएको छ ।
यसै गरी नारायणी अस्पताल बीरगञ्जमा
पर्साका- २ जनामा कोरोना पुष्टि भएको छ ।
कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा
उदयपुरका- ७ जना,
ईलामका- ५ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा
अछामका- १३ जना,
अर्घाखाचीँका- १६,
बैतडीका -२४,
बझाङका -४,
बाजुराका -४,
बाराका -८,
डडेल्धुराका -८,
धादिङका -३,
डोटीका -४६ जना,
गुल्मीका- ७,
जाजगरकोटका- १,
कैलालीका -८,
कञ्चनपुरका -३,
कपिलबस्तुका -१,
पर्साका- १ ,
रसुवाका -९,
रौतहटका -३४,
सल्यानका -१३,
सर्लाहीका -६ र
स्याङ्जाका -५ जनाको संक्रमण देखिएको छ ।
भरतपुर अस्पताल प्रयोगशालामा
चितवनका -२ जनामा कोरोना पुष्टि भएको छ ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा भएको परीक्षणमा
नुवाकोटका -६ जना र
मकवानपुरका -२ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै धुलिखेल अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा
बाराका -४ जनामा कोरोना पुष्टि भएको छ ।
पाटन अस्पताल ललितपुरमा भएको परीक्षणमा
पाचँथरका- १,
काठमाडौँका -४ र
भक्तपुरका -१ जना संक्रमित थपिएका छन् ।
बीर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा
बझाङका -४ जना र
डोटीका -३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा भएको परीक्षणमा
बाजुराका -८२ जना संक्रमित थपिएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परिक्षणमा
नवलपरासी पुर्वका -२ जना थपिएका छन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला
पोखरामा बाग्लुङका -८ जना,
स्याङ्जाका -२१ जनामा संक्रमण पुष्टि भएको छ ।
रुपन्देही प्रयोगशालामा भएको परीक्षणमा
अर्घाखाचीँका- २ जना,
पाल्पाका -२६,
प्यूठानका -४९,
रुपन्देहीका- ८ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै नेपालगञ्ज प्रयोगशालामा भएको परीक्षणमा
बाँकेका -२ जना,
बर्दियाका -४ जना थपिएका छन् ।
राप्ती विज्ञान प्रतिष्ठान दाङ प्रयोगशालामा
दाङका -३१ जना,
कपिलबस्तुका -७ र
रोल्पाका -१ जनामा कोरोना पुष्टि भएको छ ।
सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा
सुर्खेतका -७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सेती प्रादेशिक अस्पताल प्रयोगशालामा
बैतडीका- २ जना,
डोटीका -२५,
कैलालीका -६ र
कञ्चनपुरका -२ जना
विराटनगर प्रयोगशालामा -२ जना,संक्रमति थपिएका छन् ।
मन्त्रालयका अनुसार देशभर २ लाख १० हजार ८ सय ७६ जनाको पीसीआर र आरडीटीबाट २ लाख ९४ हजार ३४ जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ६ सय ६ जनाको र आरडीटी विधिबाट ३ हजार ६ सय ८५ जनाको परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ ।योसँगै देशका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । त्यस्तै, हालसम्म ६५ हजार ७ सय १२ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ९ हजार ४ सय ४७ जना छन् । यस्तै, पछिल्लो २४ घण्टामा १ सय ३६ जना विरामी निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय ३४ पुगेको छ ।