रुपन्देहीको आकाशमा सलहको बथान

सहयात्रा टिभी

रुपन्देही । असार –१३,रुपन्देही क्षेत्रमा पनि सलह फट्यांग्राको बथान देखिएको छ। कृषि विज्ञले सलह नै भएको पुष्टि गरेका छन्। बुटवलस्थित रामनगर ब्यारेकमा सलहजस्तै फट्यांग्रा देखिएका थिए। अहिले बुटवलको आकाशमा प्रशस्तै सलह देखिएका छन्। घरघरमा लगाइएको फलफूल तरकारीमा ती बसेका छन्।बुटवलदेखि मुर्गियासम्मको आकाशमाथि सलह उडेका देखिन्छन्। यो क्षेत्र १५ किलोकिलोमिटर रहेको छ। रुपन्देहीका अन्य स्थानको बालीमा भने यी किरा देखिएका छैनन्। रुपन्देहीको आकाशमाथिबाट सलह किरा उत्तरतर्फ उडिरहेका छन्।जमिनभन्दा करिब ६० फुटमाथि किरा उडेको देखिएको बुटवलका स्थानीय मनिका थापाले बताइन। ‘आकाशमाथि किरा प्रशस्तै उडेका छन्। केही फट्यांग्रा जमिनमा पनि देखिन्छन’, उनले भनिन्।पक्लिवहाको कृषि क्याम्पसका अध्येताले सलह नै भएको दाबी गरेका छन्। स्थानीयले समातोर राखेका सलह उनीहरुले अध्ययन गरेका थिए। आकाशमा सलहको बथान देखिएपछि किसान त्रसित बनेका छन्। बथान आफ्नो बालीमा आउने हो कि भन्ने चिन्ता किसानमा छ।

किरा खोज्दै प्रदेश सरकार
रुपन्देहीमा पनि सलह किरा देखिएको सर्वसाधरणबाट सूचनाहरु आउन थालेपछि प्रदेश पाँचको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको टोली सम्बन्धित स्थानमा जान थालेको छ।रुपन्देहीको भैरहवा, लुम्बिनी र बुटवल क्षेत्रमा सलह जस्तै किरा देखा परेको सूचना प्रदेशको कृषि मन्त्रालयमा पुगेको थियो। प्रदेश २ मा ठूलो झुण्डमा सहल देखिएपछि संघीय सरकारले त्यहाँ एउटा टोली पठाइसकेको छ।रुपन्देहीको भैरहवा, बुटवलको सुख्खानगर, शिवनगर, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कतिक नगरपालिका लगायतको स्थानमा सलह जस्तै किरा देखिएपछि कृषि मन्त्रालयको टोली त्यहाँ पुग्ने तयारी गरिरहेको जनाएको छ।

 

बुटवलस्थित नेपाली सेनाको ब्यारेकमा पनि सलह जस्तै किरा ठूलो संख्यामा देखिएको छ। सेनालाई सहल किरा हो वा होइन भन्ने एकिन गर्नका लागि उक्त किरालाई समातेर राखेको छ।‘हामीलाई अहिले किसानबाट सलह जस्तै किरा देखिएको सूचनाहरु आइरहेका छन्’, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ का वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले भने, ‘देखिएको किरा सलह हो कि होइन भन्ने एकिन गर्नका लागि हामी सम्बन्धित स्थानमा जाने तयारी गरिरहेका छौँ।’ उनले फेला परेको किरा सलह नै हो भन्ने एकिन भएपछि नियन्त्रणका र थप आवश्यक कदमहरु चालिने बताए।नेपालमा भित्रिएका सलह किराले अन्नबाली खान थालिसकेका छन्। सलह जस्तो किरा देखिएको सूचनाछि प्रदेश पाँच र संघीय सरकारबीच छलफल भइरहेको छ। सलह किरा नेपालमा भित्रिएको खबरपछि किसान चिन्तित छन्।भारतमा सलह देखिएपछि सो नियन्त्रणका लागि प्रदेश सरकारले बजेटसमेत बिनियोजन गरेको थियो।साभार :अन्नपुर्णपोष्ट

प्रकाशित : 27 June, 2020

प्रतिक्रिया दिनुहोस्