उपत्यकाको आकाशमा देखियो सलह

सहयात्रा टिभी

काठमाडौं। असार–१६,भारतबाट बारा प्रवेश गरेको सलह ३ दिनपछि काठमाडौं आइपुगेको छ । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाहरुमा सलह देखिएका छन् ।प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ किट विज्ञ रामकृष्ण सुवेदीले असार १३ गते बारामा देखिएको झुन्ड टुक्रिदै काठमाडौं प्रवेश गरेको बताएका छन् ।बाराबाट झुन्ड टुक्रिएर मकवानपुर पुग्यो । त्यहाँबाट पनि टुक्रिएर चितवन पुगेको छ र चितवनबाट उक्त झुन्ड टुक्रदै धापाखेल हुँदै उपत्यका प्रवेश गरेको हो ,उनले भने। हावाको बहावसँगै चितवनबाट टुक्रिएको झुन्ड मकवानपुरको डाँडामाथि हुँदै काठमाडौं प्रवेश गरेको सुवेदी थप्छन् ।

सलहका झुन्ड सानो भएकाले ती झुन्डहरुले अहिलेसम्म कतै क्षति नगरेको उनले बताए । बसेको ठाउँमा खानेकुरा खाने गरे पनि पहाडी क्षेत्रमा पुगेको सलहको झुन्ड जंगलमा क्षेत्रमा बास बस्‍ने गरेको सुवेदीले बताए।उपत्यकामा देखिएका सलहरुलाई कागलगायत अन्य चराचुरुंगीहरुले आहारा बनाएका पनि छन् ।

प्रकाशित : 30 June, 2020

प्रतिक्रिया दिनुहोस्