अध्यक्षद्धयओली र दाहाल बिच बालुवाटारमा छलफल

सहयात्रा टिभी

काठमाडौं। असार–१९, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ ।केहीबेर अघिबाट सुरु भएको उनीहरुबीचको छलफललाई चासोका साथ हेरिएको छ ।असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपा विवाद उत्कर्षमा पुगेको छ ।

अर्कोतर्फ पार्टी बैठक चलिरहेको बेला बिहीबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकबाट संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेलगत्तै बैठक नै प्रभावित भएको छ ।प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र पार्टी फुटाउन लागेको आशंका अरु नेताहरुलाई भएपछि जारी स्थायी कमिटी बैठक एक दिनलाई स्थगित गरेर सहमतिको लागि अधिकतम प्रयास गर्ने निर्णय नेकपाले गरेको थियो ।शनिबार स्थायी कमिटी बैठक बस्नु अघि पार्टीमा देखिएको संकट समाधानका लागि पहिला दुई अध्यक्षबीच छलफल गर्ने निर्णय भएको थियो ।कान्तिपुरबाट

प्रकाशित : 3 July, 2020

प्रतिक्रिया दिनुहोस्