खोकनावासी र प्रहरीबीच झडप,७ राउन्ड अश्रु ग्यास प्रहार ४ प्रहरी घाइते

काठमाडौं। असार–२०,शनिबार दिउँसो खोकनावासी र प्रहरीबीच झडप भएको छ । खुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप भएकोबताइएको छ। झडपमा परी ४ जना प्रहरी घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ७ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको जनाइएको छ ।झडपपछि अहिले खुडोल फाँटमा स्थानीयले पुनः धान रोपेका छन् भने त्यस क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
यो फाँट काठमाडौं–तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को ‘जिरो किलोमिटर’हो । सो क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । तर, स्थानीयले भने मुआब्जा लिइनसकेका बातइएको छ।उनीहरुले सरोकारवालासँग छलफल नै नगरी एकलौटी ढंगबाट तयार गरेको मुआब्जा स्वीकार नभएको, फास्ट ट्रयाकसँगै वाग्मती करिडोर, १ सय ३३ केभी प्रसारण लाइन, बाहिरी चक्रपथको विन्दु पनि खोकना फाँटमै पर्ने भएकाले मौलिक बस्तीको अस्तित्व सखाप हुने भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन् ।
यसअघि उक्त क्षेत्रमा असार १५ गते पनि प्रहरी र स्थानीयवासी विवाद भएको थियो ।