उपत्यकामा ५४ सहित थप १८० सङ्क्रमित, कुल सङ्क्रमित १५ हजार ९६४ पुग्यो

सहयात्रा टिभी

काठमाडौं ।असार–२२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार थप १८० जनाको रिपोर्ट पोजिटिभ आएको बताएकाछन् । यो सँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ।काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।आइतबार मात्र उपत्यकामा ३० जनामा कोरोना संक्रमण देखिएको थियो।संक्रमित हुनेमा काठमाडौंका २४, भक्तपुरका १० जना र ललितपुरका २० जना गरी जम्मा ५४ जनामा कोरोना संक्रमण देखिएको हो।

पछिल्लो २४ घन्टामा ५४ जना संक्रमित हुँदा प्रत्येक घन्टा कम्तीमा दुईजना संक्रमित थपिएको देखिन्छ।नेपालमा कोरोना संक्रमण बढेसँगै उपत्यकामा पनि संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको छ।कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न, अनावश्यकरुपमा घर बाहिर नजान र अनिवार्य मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रहगर्दै आएको छ।मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ ।मन्त्रालयका अनुसार सोमबार थप २६४ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको संख्या ६ हजार ८११ पुगेको छ।भने असार २१ गते वाग्लुगको ढोरपाटन नगरपालिकाका २९ वर्षीय एकजना पुरुषको मृत्यु भएको छ । कोरोना भाइरसका कारणले मृत्यु हुने नेपालमा ३५ पुगेको छ ।

प्रकाशित : 6 July, 2020

प्रतिक्रिया दिनुहोस्