इटालियन सिरी ए उपाधी होडमा एसी मिलानले युभेन्टसलाई हरायो

सहयात्रा टिभी

काठमाडौं । असार–२४,मंगलबार राति भएको इटालियन सिरी ए फुटबल अन्तर्गत खेलमा उपाधी होडमा रहेको शीर्ष स्थानको युभेन्टस पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा एसी मिलानले युभेन्टसलाई ४–२ ले पराजित गरेको हो ।पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेको थिएन् । तर दोस्रो हाफको सुरुवाति समयमा युभेन्टसले लगातार दुई गोल गरी अग्रता लियो ।साबिओतले ४७ औँ मिनेटमा गोल गरी सुरुवाति अग्रता दिलाएका थिए । भने क्रिष्टियानो रोनाल्डोले ५३ औँ मिनेटमा गोल गरी अग्रता दोब्बर पारेका थिए । तर यो अग्रता उसले जोगाउन भने सकेन ।

जाल्टन इब्राहिमोविचले ६२ औँ मिनेटमा पाएको मा एसी मिलानका लागि पहिलो गोल गरे । केसिइले ६६ औँ मिनेटमा गोल गरेपछि एसी मिलानले बराबरी गर्न सफल भयो । ६७ औँ मिनेटमा डा कोन्सिकाओ लिएओ र ८० औँ मिनेटमा रेबिकले गोल गरेपछि एसी मिलान ४–२ ले विजयी भयो । जितपछि ३१ खेलबाट ४९ अंकसहित एसी मिलान पाँचौँ स्थानमा पुगेको छ ।

प्रकाशित : 8 July, 2020

प्रतिक्रिया दिनुहोस्