विदेशी च्यानलको प्रशारण रोक्ने निर्णय

सहयात्रा टिभी

काठमाडौं । असार–२५, विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटरहरुले विदेशी च्याल नेपालमा बन्द गर्ने निर्णय गरेका छन् । भारतीय टेलिभिजनमा नेपाल र नेपालका प्रधानमन्त्रीको विषयमा अतिरञ्जित र अनर्गल प्रचार गरेको भन्दै विदेशी च्यालन बन्द गर्ने निर्णय गरेको म्याक्स डिजिटल टिभीका उपाध्याक्ष ध्रुव शर्माले  जानकारी दिए ।शर्माले विदेशी न्युज च्यानल चाहेको समयमा बन्द गर्न सक्ने सन्देश दिन यो निर्णय गरेको बताए । उनले यसरी च्यालन बन्द गर्दा २५–३० लाख दर्शकले टेलिभिजन नदेख्ने तर डिजिटल एपको विषयमा सरकारले नै निर्णय गर्नुपर्ने उल्लेख गरे ।

‘यो काम हामीले सरकारको निर्देशनमा गरेका होइनौँ । हामी नेपालमा भएका अपरेटर लाइसेन्स लिएर काम गरेका छौँ । यो चाहेको अवस्थामा बन्द हुन सक्छ भन्ने सन्देश पनि हो’, उपाध्यक्ष शर्माले भने, ‘हामीले २५–३० लाख टेलिभिजनका दर्शकले हेर्ने च्यानल बन्द गर्न सक्यौँ । अब करोडौंको हातमा मोबाइल एपबाट आएका गलत सूचना रोक्ने जिम्मा सरकारको हो।’ अन्नपुर्णपोष्ट बाट

प्रकाशित : 9 July, 2020

प्रतिक्रिया दिनुहोस्