डिशहोमले संचालन गरेको “DishHome मा Dealer दाईको Discount” योजनाको व्यापक सफलता र ग्राहकहरुको अत्याधिक मागलाई मध्यनजर गर्दै पुन: सुचारु
काठमाडौं । असार–२७,एक मात्र स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिसहोमले यस अफर मार्फत नयाँ ग्राहकहरुलाई डिस होमतर्फ आकर्षित गरिरहेको छ ।यसै अन्र्तगत डिशहोमले अर्को योजना”DishHome मा Dealer दाईको Discount” रहेको त यहाँहरुलाई थाहा नै छ ।हुन त डिशहोमले मात्र ४४ हप्ताको लागी संचालन गरेको यस योजना ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राख्दै पुन: संचालन गर्ने भएको छ ।
२०७६ फागुन २ गते देखि सुरु भएको “DishHome मा Dealer दाईको Discount”अफर ४४ हप्ताको लागि संचालन हुने भनिएको भए पनि ग्राहकहरुको अत्याधिक मागका कारण यो अफर जारि रहने डिशहोमका संचालकहरुको भनाई छ । डिशहोमको देशभर रहेको बिक्रेता वा नजिकैको डिलर मार्फत Fund Transfer वाट बार्षिक रिचार्ज गर्दा Weekly Lucky Draw मा सहभागी हुन पाईनेछ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, Showcase 2 channel No.101 र रमाईलो टिभीमाLive Lucky Drawमार्फत २ जना भाग्यशाली विजेता छनौट हुनेछन् । यो योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु १,००,०००/- (एक लाख) नगद प्राप्त गर्ने कुरा त यहाँहरुलाई सर्वविदितै छ ।Fund Transferबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो Weekly Lucky Draw मा सहभागी गराईने डिशहोमले बताएको छ ।