यथास्थितिमा एमसिसी पास गर्न नहुने पक्षमा जनता समाजवादी पार्टी

सहयात्रा टिभी

काठमाडौं । असार–२८,संसद्को तेस्रो राजनीतिक शक्ति जनता समाजवादी पार्टी (जसपा) यो स्थितिमा एमसिसी संसदबाट पास गर्न नहुने पक्षमा देखिएको छ । जसपाले प्रवास संगठनमार्फत धारणा सार्वजनिक गर्दै यस्तो अवस्थामा एमसिसी पास गर्न नहुने जनाएको छ । जसपाले एमसिसीबारे अध्ययन गर्न प्रवास संगठनमार्फत तीन सदस्यीय कार्यदल बनाएको थियो ।

‘एमसिसी सम्झौताका सर्तहरू गम्भीर प्रकृतिका रहेको तथा यसमा उल्लेखित सर्तहरू हेर्दा योभित्र लुट, अझभित्र उपनिवेश र बाहिर आर्थिक सहयोगजस्तो देखिने भएकाले यो यथास्थितिमा पास गर्न नहुने ।’जसपाले जनाएको छ ।
नेपालले जुनसुकै देशसँग पनि अनुदान लिन सक्ने भए पनि राष्ट्रियता र सार्वभौमिकता नै खतरामा पर्ने गरी कुनै पनि देशसँग सहकार्य गर्न नसकिने जसपाले बताएको छ ।जसपाले भनेको छ ‘राष्ट्रघात हुने सर्तहरू तेर्स्याएर कुनै पनि राष्ट्रले सहयोग दिने कार्य गर्छ भने त्यो स्वीकार गर्न सकिनेछैन,’ । एमसिसी इस्टइन्डिया कम्पनीजस्तै रहेको निष्कर्ष निकाल्दै जसपाले सरकारलाई एमसिसी सम्झौताबारे पाँच सुझाबसमेत दिएको बताइएको छ ।

प्रकाशित : 12 July, 2020

प्रतिक्रिया दिनुहोस्